Joint Revolution
म बाक्लो छु,
भर्खर फालेको धुँवा जस्तो
बिस्तारै फैलँदैछ
मेरो aura ।
नीसासिएर भाग्छन्,
म नपच्नेहरु
पास पास
छन् मेरो नशामा सामेल हुनेहरू ।
एउटै ट्रिपमा,
हाम्रो गाडी उस्तै छ
बाटो अर्कै होला
तर चोक एउटै छ ।
झ्यालबाट हेर्दा अन्तरिक्षमा उडेजस्तो
सब कुरा Alien ।
झ्यालभीत्र, अन्तरिक्षलाई
जित्ने योजना ।
झ्यालबाट भित्र देख्छन्
काला, औंलाहरुका टुप्पाहरु
आँखा राता,
चहलपहल ठीस जस्तो
मुख काकाकुल ।
हात मैलो पार्नै पर्छ
अन्तरीक्ष, पाखण्डी छ
दानवीय बन्नै पर्छ
अन्तरीक्ष, निर्दयी छ
ठीस हुनै पर्छ
अन्तरीक्ष, शंकी छ
काकाकुल त
अन्तरीक्षले बनाएको,
काकाकुल त
अन्तरीक्ष पनि छ ।