Site icon Rising Junkiri

‘नसमाउ नाडिमा’ पछि छक्कापञ्जा टाेलीकाे अर्काे चाेरी !

Chakka Panja 2

दिपकराज गिरी छक्कापञ्जाले चर्चाको शिखर चुम्दै गर्दा देखि थुप्रै विवादहरुमा समेत तानिए । कहिले महिला प्रतिको एकदमै संकिर्ण धारणा प्रस्तुत गरेकोमा उनको विरोध भयो त कहिले प्रतिलिपि अधिकार हनन गरेको आरोप लागेका एक युवाले आत्महत्या गरेको सन्दर्भमा उनी पटकपटक आलोचनाका पात्र बनि रहे । त्यतिमात्रै नभएर सुदूरपश्चिमका दर्शकहरुमाझ उनको छवि त्यति राम्रो हुन सकेन । त्यसको कारण उनले सो चलचित्रमा प्रयोग गरेको भाषा थियो । अछामी भाषा भनेर जथाभावि बोलेको अछामी भाषी र अछामी भाषा सुनेका कसैलाई पनि चित्त बुझेन । त्यति हुँदा हुँदै पनि उनको चलचित्र  छक्कापञ्जा व्यावसायिक रुपमा एकदमै सफल भयो ।
यति विवादपश्चात छक्का पञ्जा दुई बनाउँदै गर्दा पनि उनी विवादमा आउन छाडेनन् । पहिलो विवाद त उनले कान्छा नेपालीको ‘नसमाउ नाडीमा’ बोलको गित अनुमति विना नै गाएको भनेर सुरु भयो । पहिले आफै मात्र गितकारमा उल्लेख भएको सो गितमा पछि कान्छा नेपालीका नाती प्रीन्स नेपालीको नाम समेत उल्लेख गरिएको थियो । यो चोरीको बचाउ गर्नका लागी उनले लामै समय तर्क वितर्क गरेपनि जनस्तरमा सबैले कान्छा मगर नेपालीको प्रति अन्याय भएको नै माने । त्यसैले पहिलेका ‘सुर्के थैली खै’, ‘पुर्वपश्चिम रेल’ जस्ता गितहरुको तुलनामा यो गीत त्यति माथि उठ्न सकेन ।

source: https://alchetron.com/Deepak-Raj-Giri-569681-W#demo

त्यो विवादका कारण हुनुपर्छ उनले फेरी अर्को गित तयार पारे । उनका हरेक चलचित्रमा एउटा सुर्के थैली र पूर्वपश्चिम रेल जस्ता चर्चित गित हुने गर्दथे । त्यसैको निरन्तरता ‘नसमाउ नाडीमा’ गितले दिन नसकेकोले होला उनले सुटिङ्ग सकिएपछि पनि थप एक गितको मिहिनेत गरे । तर विडम्बनाको कुरा यस पटक पनि उनलाई गित चोरेको आरोप लाग्यो । अघिल्लो पटक कान्छा मगर नेपालीको गित चोरेको आरोप लागेका उनलाई यसपटक डिमार्चा ब्याण्डको गित चोरेको आरोप लाग्यो ।

डिमार्चाको भाका चोरीको आरोप लाग्दै गर्दा यसको थप खोजी पनि सुरु भयो । यो भाकाको वास्तविक श्रोतको खोजी पनि सुरु भयो । यो भाका डि मार्चा पछि श्रृंखला जोशीले पनि गएकी रहेछिन् । उनकै गितमा गणेश परियार र नन्दकृष्ण जोशीलाई यो गितको श्रेय दिइएको पाइएपछि बल्ला यो भाकाको वास्तविक श्रोत सुदूरपश्चिमका देउडा गायक नन्दकृष्ण जोशी भएको थाहा भयो ।

Jhyamma Jhyamma | New Nepali Lok Pop Song 2017 | Shrinkhala Joshi Shrinkhala Joshi Presents!
Original Credit: Singer/Lyrics/Composition: Nanda Krishna Joshi
Music Arranger: Ganesh Pariyar

त्यसो त यो गित हालसालै पनि नेपाल आइडलमा सन्ध्या जोशीले गाएकी थिइन् । नेपाल आइडलले पनि वास्तविक गित र लय संकलनको श्रेय दिने क्रममा नन्दकृष्ण जोशी र नरेन्द्रराज रेग्मीलाई दिएको छ । वास्तविक गायकका रुपमा पनि उनै नन्दकृष्ण जोशीको नाम उल्लेख गरेको छ ।

दिपकराज गिरीको छक्का पञ्जासम्म आइ पुग्दा भने त्यो क्रम टुटेको छ । छक्का पञ्जाको गितको शिर्षक नै पनि फेरेर ‘म त यता किनारमा’ राखिएको छ । हरिवंश आचार्य र आस्ता राउतको स्वर रहेको यो गितमा संगित उत्तम संजेल उल्लेख गरिएको छ भने संगित संयोजकमा आलमोडाराना उप्रेती रहेका छन् । आलमोडा यस अघि विवादमा आएको नसमाउ नाडिमा गितको समेत संगित संयोजक थिए ।

Aama Saraswati Movies Presents! New Nepali Movie CHHAKKA PANJA 2 a Film by Deepa Shree Niraula
Song Title: Ma Ta Yeta Kinarama (Jhyamma Jhyamma) Singer: Haribamsha Acharya, Astha Raut
Music: Kiran Kandel
Lyrics: Uttam Sanjel
Artist: Deepak Raj Giri, Priyanka Karki, Buddhi Tamang, Wilson Bikram Rai
Music Arrangement: Almoda Rana Uprety
Recordist: Sambhu Tandukar
Mix: Pradip Joshi
Recording Studio: Pragya Studio Song
Cinematographer: Purushottam Pradhan

गायक नन्दकृष्ण जोशीका पुराना अन्तर्वार्ताहरुमा उनले आफ्नै स्वरमा यो गित स्वरबद्ध गरेका छन् ।

फाटेका जाँघे (सुरुवाल) लाउँदै सबैको हाँसो र उपहासको पात्र भएर सुदूरपश्चिम र मध्यपश्चिमका भाकाहरु आम सञ्चार माध्यम सम्म पु¥याउन जीवनभर लागी रहने नन्दकृष्ण जोशी जस्ता श्रष्टाहरुलाई उनले संकलन गरेको भाकाको श्रेय दिन सम्म कञ्जुस्याँइ गर्नु र सांस्कृतिक पहिचान बोकेका यस्ता भाकाहरुको मौलिकता नै मेटिने गरेर तिनको व्यवसायिक रुपहरु बाहिरिनुले त्यस्ता भाकालाई क्षणिक चर्चा त अवश्यै दिन्छ तर त्यसले मौलिकतालाई भने पुरै मेटि दिन्छ । अझै पनि डोटेली भाषा नेपालका ३ प्रतिशत जनताले बोल्ने भाषा हो । यो भाषा नै नेपाली भाषाको मूल भाषाका रुपमा मानिन्छ । जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको नेपाली भाषाको इतिहास बोकेको डोटेली भाषा र भाका माथिको यस किसिमको प्रहारले छक्कापञ्जा समूहले पक्कै पनि इतिहासप्रति अन्याय गरेका छन् । आशा छ उनीहरुले यो भूल समयमै सच्याउने छन् ।

अचम्मकाे कुरा के छ भने धुर्मुस सुन्तलीले निर्वाचन अायाेगकाे जनचेतनामुलक विज्ञापनमा मुखमा कालाे पाेतेकाे र भाषा विगारेर मधेसी जनताकाे मनमा ठेस पुर्याएकाे भनेर विवाद अाउँदा साे विज्ञापन तुरून्तै हटाइन्छ तर सुदूरपश्चिमेली जनताकाे भाषा र भाका विगार्दा चाहिँ कहि कतै माफि मागिएकाे या गल्ती स्वीकार गरिएकाे पाइँदैन । सायद सुदूरपश्चिमेली जनताहरू अाफै पनि अाफ्नाे भाषा र भाकाका सन्दर्भमा चनाखाे हुनुपर्ने पाे हाे कि ? नत्र त्यहाँका भावी सन्ततीलार्इ संस्कृति र संस्कार चिनाउन नै नसकिने अवस्था अाउन सक्छ ।

Exit mobile version