Site icon Rising Junkiri

सायद

Thinking over things

Photo: Unsplash/ Umit Bulut

म र तिमीबाट हामीसम्मको यात्रालाई ,
कति सजिलै पूर्ण बिराम लगाएर गयौ,
सायद त्यो आँखा जुध्नु नै गल्ति रहेछ,
सायद कुरा मिल्नु नै गल्ति रहेछ,

Photo: Unsplash/ Caleb George

सायद त्यो पहिला पाइला चाल्नु नै गल्ति रहेछ,
सायद मुस्कान साट्नु नै गल्ति रहेछ,
एक अर्काको हुने बाचा गर्नुनै गल्ति रहेछ
अनि सबै भन्दा ठुलो गल्ति,
तिमीसंग प्रेममा पर्नु नै रहेछ !!

भर्खर पलायको यो पहिलो पहिलो प्रेमलाई
गोड मेल गरेर प्रगाड बनाउनु नै भुल रहेछ,
समाजको डरले गएकी तिमी,
यदि छाडेरै जान थियो भने किन साटेकी थियौ त हासों ?

यादहरुको भरमा रहेको यो जीवनमा,
पस्चताप बहीक केही बाकिरहेन,
तर तिमीले धेरै कुरा सिकाएर गयौ,
अन्जानसँग दिल साट्नु नै भुल हो बताएर गयौ!!

Exit mobile version