Site icon Rising Junkiri

नेपाली महान् चाड विजया दशमी को अवसरमा रचिएको केहि दशैँ कविताहरु

नेपाली महान् चाड विजया दशमी को अवसरमा रचिएको केहि दशैँ कविताहरु

बच्चाहरु चङ्गा उडाउँदै

नेपालीहरुको महान चाड दशैँ सुरु भैसकेको छ । दशैँ को समय मा आउने खुशि, रहर र उत्साह लाई लिएर थुप्रै कविता रचिएका छन । त्यसै गरी यस शृङ्खला मा उत्कृष्ट ५ वटा दशैँ को भाव बोकेको कविता समेटिएको छ ।

दशैँका कविता

१.

कवि शिरोमणी लेखनाथ पौड्याल ले दशैँ साथ साथै आउने खुशी र उमङ्ग लाई यस कविता मा उतारेका छन् ।

असन बजारमा दशैँ किन्मेल

हट्यो सारा हिलो मैलो
हरायो पानीको बर्षा
भवानिको भयो पुजा
चल्यो अनाद्को बर्षा

जता जाउ उतै भन्छन्
दशैँ आयो दशैँ आयो
यही आनन्द चर्चाले

सबै संकट बिर्सायो
ठुलो साना सबैलाई
दशैँ अत्यन्त राम्रो छ

चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दि
सबै छन् पिङ्गमा दङ्ग
सबैको देखिँदै आयो, उज्यालो चेहरा रङ्ग

-लेखनाथ पौड्याल

*************************************************************************************************************

२.

यस कविता मा दशैँ मा घर फर्किन नपाको एक छोरोले आफ्नो घर र आमा सम्झिँदै आफ्नो मन को भाव पोखेको छ।

यो दशैँ मा घर आमा आउने धोको छ
तिम्रै हातको  टिका लाउने धोको छ

साथी सँगी जम्माभई भञ्याङ्ग को चौतारिमा
मलाश्रीको गीत आम गाउने धोको छ

अलिअली कमाएको पैसा पनि जम्मा भाछ
टिन किनेर घरलाई आमा छाउने धोको छ

बडादशैँ घर आँगना सिँगार्न नि बाँकी होला
कमेरो र माटो आमा लाउने धोको छ

-विवेक पाठक

*************************************************************************************************************

३.

दशैँ भनेको सबैले खुशी साथ राम्रो लुगा लगएर, मिठो खान खाएर मनाउने गर्दछन्, तर एउटा गरीब लाई यो सबै गर्न नपाउदा को दुख कस्तो हुन्छ भनेर हरिहर रेग्मी ले यस कविता मा बयान गरेका छन् ।

“गरीब” को दशैँ
बाँचनु नै पर्छ जसरि पनि यो पापी पेट बोकि
यो महान चाड आउने गर्छ बर्षमा  एक चोटि
धनी लाई दशैँ गरीबलाई दशा मनाओस कसरि
झेल्नु नै पर्ने यो ठुलो दशा गरीब ले जसरि!
ए बाबा नाना किन्दिनु भन्छ छोरो ले रोएर
किन्न लाई पैसा हुँदैन हजुर लाईदिन्छु न धोएर
छोरी भन्छे चिँ चिँ आमा ल्याउनु न किनेर
दुई कौडी छैन पोल्टोमा मेरो खाउ कोदो पिनेर
बुढी रुन्छे बाल्बच्चा सम्झी आँसु भेल बगाई
कर्म ले ठग्यो भन्दे म रुन्छु पुर्पुरो समाई!

-हरिहर रेग्मी

*************************************************************************************************************

४.

यस कविता मा पर्देस मा रहेको एक छोराले दशैँ मा आफ्नो गाँउ जान नपाएर, त्यहाँ के गरी मनाउदै होला भनिइ सोच्दै गरेको उसको भाव ब्यक्त गरिएको छ ।

सुक्यो होला हिलो मैलो
झुल्यो होला धान बालि
बाटो हेर्दै बसिन उनि, आउलान भनि यसपालि

बज्यो होला मंगल धुन्
नाच्यो होला तारा जुन्
जाने छु म आर्को साल, आमा बा को पाउ छुन

गाडे होलान लिङ्गे पिङ्ग्
थापे होलान लङ्गुर बुर्जा
रसायो होला आँखा उनको, बाटो हेरी कुर्दा कुर्दा

मुछे होलान रातो टिका
सिउरे होलान सयपत्री जमरा
मनमा मेरो नेपाल छ, आँखामा आफ्नाको तस्बिर

सुक्यो होला हिलो मैलो
झुल्यो होला धानबालि
परदेश्मा छौ हामी निधार नहोस हाम्रो खालि
यसपाली त त्यस्तै भयो जाउला नि नेपाल आर्को पालि
हिंसा रहित दँशै मनाऔँ, संसार भरी हामी नेपाली

-अज्ञात 

*************************************************************************************************************

५.

दशैँ को मौसम, परिभेश र उत्साह लाई कोरेर यस चाड लाई प्रेम पुर्वक मनाउन रमेश खकुरेल ले यस कविता मा बिनम्र अनुरोध गरेका छन् ।

गईन् वर्षा नानी खुलुलुलु पखालेर धरति
शरत् हाँस्दै आयो सबसित लगाएर पिरति
सफा चिल्ला राम्रा तरुवनहरु पात हरिया
फलेका छन् नाना फलफुलहरु टम्मा रसिला ।

सकी खेती पाती कृषकजनले फुर्सत लिए
घट्यो चर्को गर्मी न त छ सरदी ठिक्क समय
यही मौका पारी घरघर दँशै आगमना भो
खुशिको बेलामा जुरु जुरु यसै नाच्न मन भो ।

जगन्माता सृष्टी स्थिती प्रलय गर्ने भगवति
उनै काली वाणी सहित धनलक्ष्मी शुभ गति
गरी पुजा आजा जगमगा उमारेर  जमरा ।

विदेशै लागेका जन पनि बिदा लिइ घर फिरे
अनेकौँ कोसेली सहित खुशियाली घर भरे
टिका थाप्छन् ठुला जनसित शुभाशिवर्चन लि
शुभेच्छा है भन्छन् परिचितहरुसाथ निहुरी ।

मिठो खाने राम्रो पहिरन लिने यो समय हो
घृणा इर्ष्या बिर्सी मिलजुल हुने यो समय हो
सबैमा फैलाई विनय समता प्रेम करुणा
दशैँ राम्रो पारौँ अझ सुख थपौँ जीव जगमा ।

-रमेश खकुरेल

 

Exit mobile version