Site icon Rising Junkiri

आसातित सम्बन्ध Love Story

LOVE STORY RJ

आसातित सम्बन्ध

 

दम्भ भित्रको सम्बन्ध कती टिक्ला ?

अस्वभाबिक थियो त्यो नाता जो सिर्फ आभास मात्र थियो , नाम थिएेन

न नाम दिन मैले खोजे न तिम्ले रोज्यौ मलाई

तर पनि एउटा अभिलाषा जिबित नै थियो कि तिमी सम्झिन्छौ मलाई ति अतितक पानाहरुमा ब्यतित परिबेसहरुमा …!

 

हुन त एउटा पात्र मात्रै बनाएको थियौ त्यो पनि Part time

कसरी सम्झनामा रहुला र ? हो मेरो एउटै बानी खराब लाग्छ मलाई पनि i am not social .

केही समस्या छ , अप्ठयारो छ भने म जहिले त्यता हाजिर भएको हुन्छु तर खुशी Celebration र रमाइलोमा म प्राय कहिले देखा पर्दिन ।

तेसैले होला तिम्ले पनि त्यो Bad Time सँगै मलाई पनि भुल्नु कुन ठुलो कुरा न हो : खुशी रमाउनेहरुको लागि

 

आश धेरै थियो , विश्वाश निकै तरपनी मलाई समयको खेल थाहा थियो ।

बिगत देखी सँगै जुजिरहेका पात्र न थियौ म र समय ।

न म समय मान्थे कहिले न समय मलाई मान्थ्यो । बस दुबैको चलिरहन्थयो ।

समय र मेरो एस म्याराथोनमा अझै एउटा आस जिबित छ कि कास तिम्ले मलाई बुझ्नेछौ ?

 

म रमाउन होइन दु:खमा साथ दिनसक्छु भनेर जब कोही हुँदैनन ।

म धेरै अपेक्षा गर्छु शायद र फरक छु सबैबाट !

बिछट्टै फरक प्रिथक …..

 

✍️ #किसु (सर्बाधिकार)
Kishor Paneru
Current location : Dhulikhel, Kavre

Exit mobile version