Site icon Rising Junkiri

एक नाता टुट्दैमा, जिन्दगि कहाँ सकिन्छ र?

 
मुस्कुराउछु अनयासमै, आशु किनकी भोगेको छु!
एकान्त मै भक्काउछु, माया किनकी गरेको छु!!
 
उसलाई मात्र दोष किन, मेरो गल्ती मानेको छु
नाम मात्रको त्यो नातामा ईट मैले नि जोडेको छु!!
 
तक्दिरमा हुन्छ माया, सबको तक्दिर कहाँ हुन्छ
निष्ठामा नै सम्बन्धको तक्दिर हुन्छ बुझेको छु!!
 
एक नाता टुट्दैमा, जिन्दगि कहाँ सकिन्छ र?
सुरु हुन्छ त्यहि बाट, सुरु मैले गरेको छु !!
 
शान्त शितल समुन्द्र नि आँदी बन्छ कहिले काँही
सिता-रामको जोडी पनि मैले टुटेको देखेको छु!
 
आफु लुटाई उसैमाथी, एकतर्फी माया गर्ने
धुजा-धुजा मुटु टाली हिम्मत मैले गरेको छु!!
 
मेरो सहास-अन्दाज देखी छक्क पर्छन सखी मेरा
भविष्यलाई फासी चडाई मैले जीउन सिकेको छु!!
 
मलाई अक्सर सोध्ने गर्छन नसुहाउदो हावा किन?
तिम्लाई के थाह यो हासोको के मुल्य तिरेको छु!!
 
साथी हजार हुन्छन मेरा, सबलाई खास गरेको छु
एकान्तको त्यो ज्वालामा किनकी म जलेको छु!!
 
सयौ पटक टुटछौ तिमि, जोड एक सय एक पटक 
जोडेको मन अझ सुन्दर किनकि म पनि त टुटेको छु!!
 
जिन्दगि हो एक सिक्का, घाम-जुन दुई पाटो 
औसी बिना पुर्णिमाको अर्थ तिम्ले बुझेको छौ?
 
छुट्नेलाई छुट्न देउ, जुट्ने लाई जोड्दै गर 
आफ्नो किस्मत आफ्नो हातमा के यो तिम्ले सुनेको छौ?
 
 
 
Exit mobile version