• Apsara Bhattarai posted an update 4 years, 1 month ago

    आखिर के होला प्रेम ??

    जसले जवानिमा ती हातलाई चुम्न सक्छ,
    बुढेसकालमा ती काँपिरहेका हातलाई सम्हाल्न पनि सिकोस सायद त्यो होला प्रेम।

    जस्ले ती कदमलाई रोकेर मात्र होइन,
    साथमा चलाएर संगै अगाडि बढ्न सिकाओस…..
    सायद त्यो होला प्रेम।

    जो चार मानिसको भिडमा मात्र होइन ,
    चार भित्ताको बन्द कोठामा पनि उत्तिनै सम्मान र सुरक्षा दिन सकोस………
    सयाद त्यो होला प्रेम।

    कहिले गल्तीमा एक्लैमा सम्झाउन सकोस
    त सहि हुँदा खुला हृदयले प्रशंसामा हौसला दिन सकोस सायद त्यो होला प्रेम।

    आखिर संसारमा प्रेम के होला????
    के येहि नै होला त प्रेम ????