ललनी सिंह
खै मेरो खेल्ने ठाउँ ?
भन्छन खाली मोबाईल र टिभी हेर्छ
जिद्दी हुँदै गाछ अर्कै व्यव्हार गर्छ
बिकल्प देउ खेल्ने मैदान खैत हाम्रो ?
खैत हाम्रो निम्ती पार्क सुन्दर र राम्रो ?
बिना योजनको शहरहरु बनायो
महल झै घर अनि बजार बनायो
सडक बनायो आकासे पूल बनायो
अनी खुल्ल मैदान चाही कता हरायो ?
शहरमा बस्ने शहरीया हु पो भन्छौ
चिल्लो सडकमा चिल्ला गाडीहरु हाक्छौ
म बालक एक्ले आफैमा नै रमाउछु
बारान्डा अनि कौसिमा खेल्ने ठाउँ खोज्छु
धुलो माटोहरुसँग म पनि त खेल्थे
अधेरी रातमा जुन्किरी समाउथे
मृगका हुललाई पछयाउदै पछयाउदै
समतल मैदान आए सुस्केरा लिन्थे
भन्छन खाली मोबाईल र टिभी हेर्छ
जिद्दी हुँदै गाछ अर्कै व्यव्हार गर्छ
बिकल्प देउ खेल्ने मैदान खैत हाम्रो ?
खैत हाम्रो निम्ती पार्क सुन्दर र राम्रो ?
Leave a Reply
You must be logged in to post a comment.