-
Apsara Bhattarai posted an update 3 years, 9 months ago
एकान्तमा हुँदा खाडलमा लडाएर घाइते बनाई फेरि भिडमा आएर सबै भन्दा पहिला हात दिन खोज्नेको बिचमा छु म ,
तर तिमी भने किन मौन छौ भनेर सोध्ने गर्छौ ।
यस्को जवाफ म कसरी दिउँ तिमिलाईएकान्तमा त्रसित बनाई चुप गराएर झुक्न बाध्य बनाएर,फेरि भिडमा आई डरपोक भनेर नाम दिनेको बिचमा छु म ,
तर तिमि भने किन अगाडी आउदैनौ भनेर सोध्ने गर्छै।
त्यति बेला म शब्दबिहिन हुन्छु ।
आफैमा हराउने गर्छु र खोज्ने गर्छु तिम्रा प्रश्नका उत्तरहरु ..