• Pawan Lamsal posted an update 2 years, 9 months ago

    कहिले ?

    खेलौना जसरी खेलिएको म
    बिलौना जसरी रुलाइएको म
    सपना जसरी बिलाएको म
    कहिले हुने होला ?
    शुनगाभा जस्तै मौलाएको म
    चन्द्रमा जस्तै चम्किएको म
    सागर जस्तै फैलिएको म

    तलाउको पानी जस्तो अड्किएको म
    बेदना र पिडाले सधैं भत्किएको म
    आफ्ना बाट पाएका धोकाहारुले झस्किएको म
    कहिले पुग्ने होला ?
    त्यो सपनाको देशमा
    जुनताराको भेशमा
    सम्भव होला त यो चोलामा ?

    मनमनै पिरोलिएको म
    अधाआधी गिजोलिएको म
    धेरै तरिकाले छिचोलिएको म
    कस्ले दिने होला मलाई?
    त्यो पुरानो आभाश
    त्यो हौसला त्यो धाडश
    त्यो सुमधुर अनी मिथो साथ
    के फेरी भेट्छु होला त मैले मेरो हराएको सास्?