• Pawan Lamsal posted an update 3 years, 1 month ago

    खोजी

    शहर को बिच मा बसेर शहर निहालिरएको छु
    मन्को दोधारमा बसेर रहर चिहाइरएको छु
    गन्तब्य केही थाहा छैन बस पर्खाइ मा छु
    आफ्नो अस्तित्वको पहिचानमा दिन बिताइ रहेछु

    अस्ती सम्म आफ्नै लाग्ने पल आज आफ्नै लाग्दैन
    किन एस्तो भयो भन्ने प्रश्नको खोजीमा छु
    सुस्केरा मा बित्न थाले रातहरु
    मन ले मनलाईनै खोजिरहेछु

    आफ्ना रहेनन् आफन्त जब
    यो खोजी आजिबन चाल्ने वाला छ अब
    अनुतरिर्त भएर बस्नुको बिकल्प रहेन
    समयको जिम्मा सबै छोड्दिये अब

    कती यता उता गर्नु भगौडा जस्तो
    हिजो कस्तो थियो किन आज एस्तो
    कस्तो कस्तो अरु महँगो कि म सस्तो
    मौरी ले रस्पान गरेर छोडेको निरस फुल जस्तो