-
Pawan Lamsal posted an update 2 years, 9 months ago
कहिले ?
खेलौना जसरी खेलिएको म
बिलौना जसरी रुलाइएको म
सपना जसरी बिलाएको म
कहिले हुने होला ?
शुनगाभा जस्तै मौलाएको म
चन्द्रमा जस्तै चम्किएको म
सागर जस्तै फैलिएको मतलाउको पानी जस्तो अड्किएको म
बेदना र पिडाले सधैं भत्किएको म
आफ्ना बाट पाएका धोकाहारुले झस्किएको म
कहिले पुग्ने होला ?
त्यो सपनाको देशमा
जुनताराको भेशमा
सम्भव होला त यो चोलामा ?मनमनै पिरोलिएको म
अधाआधी गिजोलिएको म
धेरै तरिकाले छिचोलिएको म
कस्ले दिने होला मलाई?
त्यो पुरानो आभाश
त्यो हौसला त्यो धाडश
त्यो सुमधुर अनी मिथो साथ
के फेरी भेट्छु होला त मैले मेरो हराएको सास्?