कुण्ठा
म मेरा कुण्ठा बोकेर
म मेरा कुण्ठाहरु सँगै
रुँदै छु
मलाइ उसले चिच्याएर भन्छ
सुन्नुसन यता पनि अलिकती भाडभैलो छ
अलिकती सम्झाइदिनुस न ।
यो रातको सुन्यतालाई
मैले चिथोरेर
ज्वालामुखी पछीको पहाड र
चट्टान बनाइ सके
अब म मेरा छोडेर उसका भावनाहरुको सागर
बिलीन छु
उसका भावनाहरुको सागरमा डुवेर
रुँदैछु
म नामको बदनाम
म नामको बदनाम
म कामको है मै काम
म बुझनै नसक्ने शैतान
खै मैले यो म आफै शैतान आफै बैमान किन लेख्दै छु म कुनै प्रकृती लाइ बुझन सकने अवस्थामा छैन । मैले उसको बारेमा लेखे उ कोहो म को हो उसको भावना के हो मेरो भावना के हो मैले बुझन सकेको छैन ।
म यो कथाको हरेक ठाउँमा म आफुर उसलाइ लुकाउँदैछु किन । यो लुकाउने बानी मेरो लागी, उसको लागी परिवारको लागी समाजको लागी बिष भैसकेको छ ।
यो छोटो प्रकृतीको जीवनको भावनाको र्मम बुझने जीवनको खाँचोको पुर्ती केवल ति भगवानले मात्रै गर्न सक्छन जसलाइ हामीले काल्पनत्वको रुपमा मानेका छौँ र उहाँ हरुलाइ पुजा गर्छौँ । छन छैन थाहाँ छैन तर पनि मान्छौ ।
जीवनको प्रकृती मायाका प्रकृती पनी अनेकन छ । कसैको लागी सजीलो कसैको लागी वाह दुखै दुखको भण्डार ।
म रात
म दिन
म र्बबाद हर दिन
चाँद नाम
बदनाम हरेक पँन्द्र दिन
तिमी भग्वान नाम सर्वनाम जे भए पनि यौनीको प्रकारमा गल्ती गरेका छौ । मानवरुपी जिवन दानमा गल्ती गरेका छौ । म तिमीलाइ दाता भन्दिन तिमी हर्ता हौ ।
Leave a Reply
You must be logged in to post a comment.