Register
A password will be e-mailed to you.

सधै सबै संग नरम बन्नु है भनेर सिकाउनु भयो,
तर कसैको दुर्व्यवहारमा कडा तरबार बन्न कहिल्लै सिकाउनु भएन ।

सबैलाई सके सम्म सहयोग दिनु है भनेर सिकाउनु भयो,
तर आफुलाई परेको बेलामा सम्मान लिनु पनि पर्छ है भनेर सिकाउनु भएन ।

सधै फुलै फुलको बगैंचामा गुलाफसरि माया दिएर हुर्काउनु भयो,
तर सम्मान गर्न नखोज्ने लाई म सँग त्यो गुलाफ भित्र काँडा पनि छ है भनेर सम्झाइदिनै बिर्सिनु भयो।

सबै प्रती माया र दया देखाउन सिकाउनु भयो ,
तर ती दुई रुपि दुष्ट दानवलाई दया होइन बोलिव्यवहारमा भाला पनि चाहिन्छ बोकेर हिड्नु है भनेर कहिल्लै सिकाउनु भएन ।

इमान्दारिता र उदारता नै जिवनको गहना हो भनी सिकाउनु भयो,
तर यो संसारमा जित्नको लागि गहना भित्र आत्मसम्मानको आवाज लुकाई परि आउदा देखाउनु पर्छ भनेर कहिल्लै सिकाउनु भएन ।

सयद आई लाग्ने माथी तँ पनि जाई लाग्नु है भनेर भनिदिएको भए,
आज धेरै चेलिको फुल जस्तो जिवनमा काँडा बिज्दैनथ्यो होला।

तँ कम्जोर छैनस है- परि आउदा जे पनि गर्न सक्छेस र गर्नु पनि भनिदियेको भए,
आज ईज्जत् को नाममा डराएर कुनामा नबसी कालिको रूप धरण गर्न म पनि सिक्थेँ होला।

“तलाई के नै आफ्ठ्यारो छ र ?-सबै तब दिएकै छौ नि” भन्नू भन्दा तँलाई के पर्यो भन्न् म सँग भनिदिएको भए सायद म सँग भएका ती अनेक दुर्व्यवहार र यातना लाई खुलेर भन्न सक्थे होला । लडेर जित्न पनि सक्थे होला ।

मलाई शिक्षा, संस्कार त दिनु भयो तर अबको उपहार यो पनि थपिदिनु है !! अब अरु केही चहिदैन ।।

📝अप्सरा भट्टराई

2 Responses

Leave a Reply