जिन्दगीलाइ किताब मान्न मैले कहिल्यै सकिन
कोसिस गरेर नसकेको होइन
जिन्दगी, किताब र घटना, कथा वा पाना मान्न मैले आफै नचाहेको हो
तर पनि त्यो घटना कथा भन्दा कम थिएन
अधुरो नै पुरो थियो
पाना हरु च्यातिएका, जलेका नै सुन्दर थिए
त्यसबेला त सारै दुख लागेको थियो
रात-रात भर रोएर बित्थ्यो
कस्ले भन्छ खुसिको मुल्य हुदैन
मेरो खुसि धेरै महंगो थियो
बदलामा मैले परिवारको लागी कात्रो किन्नु थियो
आज दिनहरु नियालेर हेर्दा
त्यो पाटो पुरा हुनु अघि मसि सक्किनुनै मेरो सौभाग्य रहेछ
आज बाबाको घरमा, आमाले बनाएको चिया पिउदै
यादहरु बटुल्दै छु
बाटो त्यो रोजेको भए
के हुन्थ्यो, म सक्दिन भन्न
तर आज जे छ, त्यो हुदैन थियो
आज सुकून छ
आज खुसि छ; अधुरो नै सहि तर छ।
Leave a Reply
You must be logged in to post a comment.