• Dinesh Dharel posted an update 4 years, 3 months ago

    भ्रुणको यात्रा

    दिनेश धरेल

    जिन्दगिको यात्रा
    तोते बोल्ने बेला
    ताते ताते गर्दै
    पाइला सार्दै
    लड्दै, उठ्दै
    अनि फेरि पाइला सार्दै
    सुरु भए जस्तो लाग्थ्यो
    धेरै पछि पो थाहा पाए
    जिन्दगिको खास यात्रा
    बाको शुक्रकिट र आमाको डिम्बबिच
    जब अनुपम साझेदारि बन्छ
    तेतिबेला देखि नै सुरु हुदो रैछ

    सायद
    भ्रुणले बोल्न सक्दो हो भने
    आफ्नो परिचय लुकाइयोस भन्दो हो
    धर्तिको अनेकन रन्गहरु देख्न सक्दो हो भने
    क्यान्भसमा छुटेको यौटा रन्ग पोत्न आउछु भन्दो हो

    तर उ बुझ्न सक्दैन
    कुनै कुनै सम्झौताको दस्तबेज
    केहि हप्तामै पनि च्यातिन्छन
    हजारौ माइलको यात्रा
    पहिलो पाइलामै पनि छेकिन्छन

    तेसैले त उसले बुझेन
    जनावर जस्तो बिबेकहिन भए पो
    आफ्नो गर्भाशयमा हुर्किरहेको
    नया पुस्ताको लिन्ग थाहा नहोस
    बिबेक हुने यौटै मात्र प्राणि हो मान्छे
    बैतरनि तार्नै नसक्ने सन्तान
    जन्म दिएर किन धर्तिमा बोझ थपोस

    तैपनि
    उ गर्भसयबाट निस्किन पाउदो हो भने
    चट्टानको बिचबाट निस्केको फुल सम्झिन्थ्यो होला
    छोराले पुस्ता धान्न नभै नहुने
    एक थान डिम्ब दिन्थ्यो होला
    धर्तिको रित धान्न नभै नहुने
    गर्भासय र ममताको खानि बन्थ्यो होला
    त्यो भन्दा पनि ठुलो कुरा
    चट्टान भन्दा कठोर मनहरुलाइ पगालेर
    अब कहिलै भ्रुण हत्या नगर्ने बनाउथ्यो होला