माया
जिवान को पहिलो माया, आमा
यो सुन्दर धर्ती मा मेरी उत्पति गरायौँ,
तिम्रो ममता को कोख,
न्यानो माया, तिम्रो माया
जिवानमा पाठ जीवनको सजावट
सिकाउदै बितेको माया,
मेरो मूर्खपानको
हजारौ रिस झगडा,
यस्ता मेरा गल्ती बिर्सदै
ओडने ओडाउछौँ म निद्रामा हुदाँ,
निदारमा हात राखेर
सन्चो छ,
भन्दै सन्तुष्टीको सानो मुस्कान दिन्छौँ,
के येही हो माया, तिम्रो माया
सायद म गर्न सक्दिन वर्णन,
तिम्रो कोमल निस्वार्थ माया
मेरो पहिलो माया, तिम्रो माया |
मेरो नरम हात समातेर
ज्ञान बिग्यान सिकायौँ,
जिवानको शैली अनुशासन देखायौँ,
म कलिलो बीजलाई दुनियामा
अघि बढने शाहस
सपना देख्ने बनायौँ,
मेरा परिश्रमी व्यवहार अनि
चेतनशील दिमाग,
सबै तिम्रो मायाको देन,
तिम्रो अठोट माया, तिम्रो माया,
गल्तीको दन्डमा नि,
मलाई सिकाउने तिम्रो माया,
सलाम छ मेरा प्यारा शिक्षक
तिम्रो दृढ संकल्पमा,
सायद यही नै हो माया, तिम्रो माया |
कुन सबदा ले ब्याख्या गरुम्म् तिमीलाई,
तारीफ गरुम की गाली गरुम,
जुन उचारण मा नी मुस्कान दिने,
जिन्दगी भर रगतको नाता झै बसिरहने,
तिमी आफ्नो नभएर नि,
आफ्नो भन्दा बडी माया दिने ,
भग्वान अाफै अचम्म परे होलान् ,
उनकाे शृष्टि बाट कस्ताे भावनाको उत्पति भयाे भनेर,
जीवन पछि पनि याद गदै् रूने तिम्रो माया,
ये साथी, म कसरी सुनाऊ,
तिमी प्रति मेरो मन भित्रको गुहार,
अचम्म लाग्छ हेर्दा तिम्रो प्रेरणाको सागर,
साथ सङ्गै रहने अजम्बरि माया, तिम्रो माया।
बिहानी पख शुर्य को
प्रकाशका किरण झै,
उज्ज्यालो बनाउन अायौ तिमी,
मेरो जिन्दगीमा
माया का रङ्ग हरू
मेरो जिवनमा छर्दै,
परम अानन्दमा हुन्छु म
तिम्रो अोठको मुश्कान हेर्दा,
तिम्रो काखमा शिर राख्दा,
तिम्रो मुटुको धड्कन महशुस गर्दा,
जिवनको दुःख सुख
तथा सङ्गै बिताउने कुरा कानी
सायद यहि नै थियो प्रिय
तिम्रो माया, हाम्रो अटुट माया।
झगडामा नि तिमीलाई
हजारौं चोटि माया गर्छु भन्दै
फकाउनु पर्ने तिम्रो माया,
मेरो भावनाको ऐक टुक्रा
तिमीले अाफुसग राख्यौँ,
मेरो जिवनलाई
सही मार्गमा हिड्न सिकायौँ,
सायद भुल्न सक्दिन
तिमी सग बिताएका ती दिनहरू,
त्यसैले त भनिन्छ यसलाई नै माया
ये प्रेमिका,
तिम्रो अनन्त र असिमित माया
तिम्रो माया ।
Leave a Reply
You must be logged in to post a comment.