-
Aayushma Joshi posted an update 5 years ago
आजको समय
कस्तो दिन आयो घरमै बन्द हुनु पर्ने
बोल्दा पनि ट्दै बसी बोल्नु पर्ने
चाड पर्व त छोड साथी जात्रा पनि भएन
बिद्यालय र कार्यलय पनि जानै पाइएन ।।कौसीमा गएर चंगा उडाउछन्
त्यहि चंगा किंन बाटो धाउछन
पहिले दशैंमा मात्र उडाउने चंगा
अहिले त सधै उडाउछन् ।।घरमै बसी पाठ गर्नु पर्ने साथै किताब पढ्नु पर्ने
तर के गर्नु पढ।एको केहि पनि नबुझिने
गृहकार्य र कक्षाकार्य पनि घरमै गर्नु पर्ने
एक अर्कालाई पनि विधुतिय सिसामा हेर्नु पर्ने ।।पहिले संगै खेल्ने साथी अहिले खेल्न डराउछ्
आफु नजिक कोहि आयो भने डराउदै भाग्छ
कस्तो दिन आयो मान्छे मान्छेसंग डराउनु पर्ने
एस्तै हो भने साथी कहिले हामी अघि बढने।।
– आयुष्मा जोशी