-
Pawan Lamsal posted an update 4 years ago
खोजी
शहर को बिच मा बसेर शहर निहालिरएको छु
मन्को दोधारमा बसेर रहर चिहाइरएको छु
गन्तब्य केही थाहा छैन बस पर्खाइ मा छु
आफ्नो अस्तित्वको पहिचानमा दिन बिताइ रहेछुअस्ती सम्म आफ्नै लाग्ने पल आज आफ्नै लाग्दैन
किन एस्तो भयो भन्ने प्रश्नको खोजीमा छु
सुस्केरा मा बित्न थाले रातहरु
मन ले मनलाईनै खोजिरहेछुआफ्ना रहेनन् आफन्त जब
यो खोजी आजिबन चाल्ने वाला छ अब
अनुतरिर्त भएर बस्नुको बिकल्प रहेन
समयको जिम्मा सबै छोड्दिये अबकती यता उता गर्नु भगौडा जस्तो
हिजो कस्तो थियो किन आज एस्तो
कस्तो कस्तो अरु महँगो कि म सस्तो
मौरी ले रस्पान गरेर छोडेको निरस फुल जस्तो