Register
A password will be e-mailed to you.

निन्द्रा, तिर्खा सबै भुल्छु,
तिमीसँग बोल्दा खेरी,
सपनाहरु बुन्न थाल्छु एकान्तमा,
तर भन्न डर लाग्छ,
किनकि थाहा छ मलाई भविष्यमा,
दुख्न सक्छ मलाई फेरि !

तिमीजस्तै उसँग नी,
बोलिराख्न मन लाग्थ्यो,
उसँग नी तिमी जस्तै,
भेट्नु पाउँदा खुशी लाग्थ्यो,
तिमीलाईजस्तै उसलाई पनि,
सबै कुरा भन्ने गर्थेँ,
उसले पनि तिमीजस्तै,
ध्यान दिएर सुन्ने गर्थी !

तिमीजस्तै उसले पनि,
रमाइला सपना देखाउँथी,
ऊ पनि तिमीजस्तै,
साथ दिने कसम खान्थी,
तिमीजस्तै उसले पनि,
आफ्ना सपनामा मलाई राख्थी,
ऊ पनि तिमीजस्तै,
कैल्यै छोडी जान्न भन्थी!

त्यसैले डर लाग्छ मलाई !

उसले जस्तै तिमीले पनि,
दोबाटोमा छोडीदिन्छौ कि,
उजस्तै तिमी पनि,
अपरिचित भइदिन्छौ कि,
आज माया गर्छु भनी,
भोलि टाढा गइदिन्छौ कि,
तिम्रो पनि उसको जस्तै,
मन एकदिन बदलिन्छ कि !

– सागर घर्ती

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X