नशालु त्यो हेराई तिम्रो, मादक छ रात
छिन् छिन् चुरा बजाउदै जीबन ज्योति कात।
हिजो मात्रै दिएके छु, गाजल, चुरा- टीका,
रातो सिन्दुर माया पूर्वक, तिमी सजाऊ माथ।
टुन्न नदेऊ डोरी , युगौ टिक्ने मायाको,
रुन्छ आत्मा दुबैको बिछोडमा यो साथ।
तिमी पुर्ब म पश्चिममा, रमाउन लागे,
न्याय हुन्न दुबैलाई हात लाग्छ घात।
यो जीबनको चौतारीमा, बिसाऊ तिम्रो भारी
तोड बन्धन झन्झटको समाई कोमल हात।
रहर गर तिमी मात्र, म गरूला ति पुरा
भयपनि बसन्तमा , हिम उल्कापात।
नशालु त्यो हेराई तिम्रो, मादक छ रात
छिन् छिन् चुरा बजाउदै जिबन ज्योति कात।
(लेखक टेफ दक्षिण अस्ट्रेलियामा प्रध्यापनरत हुनुहुन्छ ।)
Leave a Reply
You must be logged in to post a comment.