भक्कानिदै
अनि निस्सासिदै हिड्ने म
मेरो सपनाहरुको मलामीमा
गैइ फर्केको म
जीवनको वास्तविक अर्थ
खोज्दा खोज्दै
आफू भित्रै हराएको म
स्वप्न नगरीको आसमा
आफ्नै इच्छाहरुले थिचिएर
मेरो कल्पनाहरुको लिलामीमा
भित्र भित्रै चर्केको म
केही यादकै साहारामै
बिताइ रहेछु यी पल
तेइ यादहरुको सलामीमा
तेसै आफै थर्केको म
मेरा सपनाहर्को मलामिमा
गैइ फर्केको म ।।

म
One Response
Leave a Reply
You must be logged in to post a comment.
Beautiful