यो मेरो समाज जहाँ आखाँले देख्छ तर हेर्ने समय छैन,
जहाँ कोहि भेटिन्छ तर पहिल्याउने समय छैन,
जहाँ केहि खस्छ गोजीबाट क्यामेरा निस्कन्छ तर हात छैन,
जहाँ कोहि लड्छ साथ त के विचरा भन्ने ओठ छैन अनि यस्ता अनगिन्ति कुराहरूले बेरिएर न्यानो भई बसेको समाज ,
जहाँ भित्र भित्रै सल्केको आगो छ तर निभाउने सामर्थ छैन ।
यहाँ मान्छेलाई फुर्सदै छैन राजनितिज्ञहरूको कुरा काट्न ।
जहाँ, त्यहीँ मान्छेले जान्यो काटेको कुरा बाढ्न अनि कुरा र पैसा साट्न ।
हजुर! एक कान दुइ कान मैदान, अनि मह पनि आफै काट, हात पनि आफै चाट ।
यो सञ्जाल, सञ्चारको मात्र दोष रहेन, मात्र यति हो, त्यसको संचालक मेरै समाजका मनिस भै’दियो ।
Leave a Reply
You must be logged in to post a comment.