मः क्यौं पल्ट, म हिडे त्यो बाटो
हैन म, कयौ पल्ट नै हिडे त्यो बाटो
तर कति कयौँ, पल्ट मलाइ ठ्याक्कै थाहा छैन ।
यो प्रशंग,
कुनै गाडिले कुल्चीएको कुकुर को हो
ठाँउ थियो, त्यो बाल्कुमारी पुल र
उस्को बाटो काटने प्रयास अनी
झ्याम्मै गाडिले दिएको ठक्कर क्षणभरमै
उसको बाँच्ने ऐठन सबै बिलीन ।
कुकुरः मेरो पनि जीवन
भोक मलाइ पनि लाग्थ्यो
तपाइहरु जस्तो नखाए नी
गल्ली गल्ली मा आहारा खौज्दै हिड्थे
तपाइहरुलाइ के थाहा
फोहर र डंगुरको भिडमा
मान्छेलाइ बढी भएको आहारामा,
कुनचाैँ खाउँ भनेर रोज्दै हिड्थे
कसैले मलाइ लखेटन आए
स्वाँ स्वाँ फ्याँ फ्याँ गर्दै
जीब्रो मुख बाहिर निकालेर
तर्किदै, दौडिदै हिड्थे
हो म तेहि कुकुर ।
हो म तेहि कुकुर,
म केहि दिन अगाडि कुनै
गाडिको पैय्या मुनि परेर कुल्चीए
के नै बिगारेको थिए र मैले,
लाग्छ, तपाइहरुलाइ रिसै उठ्यो
कि म भुक्छु भनेर?
कि मैले खाएको क्लासी खाना देखेर?
मैले डंगुरमा जेजे भेटेर खाए
सबै क्षणमै निस्कीयो, तपाइहरुलाइ सारै
रिस थियो भने मलाइ माफगर्नुहोला
मेरो भुँडीलाइ फेरी एकचोटि कुल्चीए हुन्छ ।
कुकुर हाँस्दै
एकै छिन त, सबैको सान्तवना पाए
बलकुमारी पुलमा, सबैले एक अर्का लाइ
ओए हेरत, गाडिले उत्याँ कुकुरलाइ कुल्च्यो नी
लौ होर कस्तो गाडिवाला
कुकुर को पनि ज्यान हो
सालालाइ समात्नु पर्ने
जेल हाल्नु पर्ने, एकचोटि कुट्नु पर्ने,
अनि थाहा हुन्छ जीवन केहो भनेर ।
म त कुकुर एकचोटि मख्ख भए
सबै ले त्यसतो कुरा गर्दा लाग्यो
मलाइ केहि भएको छैन, जीउदै छु,
तर म त मरि सकेको थिए ।
त्यो दिन त्यसै बित्यो
सबैले एकै छिन सान्तवना जनाए
मनव जाति मात्र तेती? नुनको
सोझो त कुकुरले मात्रै गर्न पर्ने?
दिन बित्दै गए, एक दिन गयो,
दोश्रो दिन गयो, तेश्रो दिन देखी
म त्यो टन्टलापुर घाममा तपाइले
खाने, बफ मःम जसरी बफीन थाले
कुहिन थाले, हल्का ठुस्स गनहाउन थाले
केहि दिन अगाडी, मलाइ सानत्वना दिनेहरु
आज, तेहि बाटो हिँडदा म बाट नजर हटाइ
नाक, मुख पट्ट थुनेर बाटो चलाउन थाले ।
कठै मेरो मृत्यु,
मेरा पनि केहि कल्पना हुन्थे होला
तपाइहरु लाइ लाग्छ म त कुकुर,
मलाइ पनि भोक लाग्थ्यो, निन्द्रा पनि
म पनि सुत्थे, म तपाइहरु जस्तो विवेकशिल
नभए पनी, मेरा पनि केहि सपना हुन्थे होला ।
तर हो म तेहि कु–कुर ।
खाेज्दै अाउनु भयाे भने
तेहि बालकुमारी पुल र
एकाप्ट्टी छेउमा मेराे लास
अाज सात दिन बित्दा पनी
तेही छ मेराे भग्नावशेष
कयाैँ पल्ट त्याे गाडी तेहि
बाटाे हिड्याे हाेला
मलाइ लाग्छ, तेहि बाटाे हिड्दा
फेरि पनि मलाइ कुल्च्याे हाेला ।
तर हाे म तेहि कु–कुर ।
** NO MESSAGE **
Leave a Reply
You must be logged in to post a comment.