Register
A password will be e-mailed to you.

आत्म विश्वास
देखी सुरूवात गराैं भने
प्रश्न उठाउन बेर लगाँउदिन् ।

प्रश्न १. लुकामारि खेल्दै छाै है?

ढुङ्गामा पनि पाइने देउता तिमी?

जे खोज्छु
त्यो पाउँन दिदैनस्
समाउन
लगाँउन दिदैनस
जे सोच्छु,
त्यो सपनामा पनि
सलवलाउन दिदैनस्
भयो सक्छस भने नखेल् मसङ्ग
आफै किन आफैलाइ
फगतमा थकाँउछस्
आउ बरू मलाइ रोगहरूले सताउ, बल्झाउ
म त्यो रोग हरू बाट पनि
उम्किन
तम्तयार छु
तिमीलाइ चुनाैति
म साइको  को तर्फ बाट।

त्यो त एउटा पाटो मात्रै
तर म गरिब मान्छे
कहाँबाट ल्याउँ तेत्रो पैंसा
आफुलाइ जोगाउन
गल्ति गरेस भनि सोच्लास है
तर हिम्मत हारेको छैन
हो मैले स्वीकार गरे
हो म पागल हो
भन्ने हरू त साइको पनि भन्लान तर
अहं, तैले सक्दैनस मेरो हठ संग
आइजा, मलाइ काम गर्न, खान हैन
रोग हरू ले सताइदे बरू
कहाँ म मात्रै साइको
हल्का फुल्का त, तं पनि रैछस
अरूले केही गर्या देख्नै नसक्ने
साइको होस तँ, साइकाे!

हो म साइको
साइको भनेर बोलाउ
केही फरक पर्दैन्
हो म मुर्ख
मलाइ मुर्ख भनेर बोलाउ
यहाँ पनि फरक पर्दैन
कि म गल्ती गराैं या नगराैं
भन्ने ले भन्लान
यो यस्तै हो
जस्ताको त्यस्तै हो
त्यसैले साइको हो म
साइको
म मात्रै कहाँ हो र
जीवनको चक्र जस्ले
घुमाइ राखेको छ
त्यो म भन्दा पनि कम कहाँ ।

कसैको जीवन संग मेल खाला
कसैलाइ यो सबै बेक्कार लाग्ला
कसैलाइ बियोग, बेदना र पिडाको
तड्काहरू
कसैलाइ प्रश्नहरूका फड्काहरू
भिन्न, भिन्नैको, भिन्नै बुझाइ
न बुझ्नेलाइ शब्दको खेल अनि
भुमरी भित्रको घुमाइ
चट्ट आउ
बिरामी बेडमा होलान
भेटेर जाउ
सञ्चो हुन्छ भनी आशिस लागाउ,
सक्क्य्यो हैन्, साइको?

यहाँ भन्नलाइ त धेरै कुरा छ
तर म सजिलै टुङ्ग्याउ छु
म लास बनि दिन्छु
जो जिउँदै छन
स्वास फेर्दैछन
मृत्यु केहो उनिहरूका लागी
आभाष बनिदिन्छु
न बुझ्नेहरू का लागी
म एक रोगको प्रकार बनि दिन्छु
म साइको
सोच्दै नसोच्नेहरूका लागी
जीवन उस्ले बनाएको
खतरा हो भनि
खबरदार गरि दिन्छु ।

त्यहाँ इमर्जेन्सी वार्ड थियो
जहाँ छेवैको वेडमा म पनि थिए
झन एउटा सानो बच्चा ल्याइयो
गाडीले हानेछ
डक्टर ले भन्या, धेरै केही छैन
बच्चालाइ अलि चोट लागेछ
टाउकोमा टाँका अनि
हाड करङ्ग हरू भाँचिए छ ।

मलाइ प्रश्न गर्नु छ, तेही, भग्वान सँग
ल भन, भग्वान के गल्ति थियो
त्यो सानो बच्चाको
कि भाग्यमा गाडि ले ठक्कर
हान्नु भनेर लेख्न भ्याइस?

कि तेरो लेखा जोखामा
लेखीएको उसको कुनै
जन्मको पाप हो?

अरू केही देखेनस भने
त्यहाँ हेर बच्चाकी आमा
जस्ले कति पिडा सहेर जन्म दिइन्
मानव जातिले भग्वानकि प्रतिमुर्ति भन्छन
उनि पनि अहिले रून बाध्य भइन् ।

तँ ढुक्क भएर नबस् है
मैले सहि उत्तर खोज्ने हठ् अँझै
छोडेको छैन, हो म साइको ।

मलाइ थहाछ, मृत्यु अवश्य छ
तर जीवन रेखामा चाँडै लेख्या छ भने
म त्यसको सहमतिमा छैन
किनकि मेरा पनि केही सपना होलान
अाँखिर भन्नेहरू ले, भने दुइ दिनको जीवन ।

अनिन्द्रा रातिको
अनि कुकुर हरूको भुकाइ र मेरो
बढ्दो ढुक ढुकि अनि स्वासप्रश्वास
राति भयो
स्वासफेर्न गारो
बिहान भयो झन बढ्दै गयो र झन गाह्रो
के भएछ त केटोलाइ
रिपोर्टस हरू सबै सामान्य
हाँस्दै घर फर्किए
अब केहि हुन्न भनेर
तर कहाँ त्यो त घाँत रहेछ
हाँस्नु राम्रो हो भन्छन
तर जहिले हुँदैन् ।

हाँस्दै जाउ हस्पिटल बाट
झन बल्झाएर आउ
अर्को पटक
तिम्रो रूद्र घण्टी र
झन तर्साउने गरी
घोक्रे आवाज फर्काएर ।

समय हुन्छ डक्टर्स हरू अाँउछन
अाैषधी बताँउछन
यस्तो छ, उस्तो छ
भनेर अलिकति तर्साउछन
ल ठिक छ माने उनिहरूलाइ

अब नर्ष हरूको पालो
दिन भरी रात भरि तेही हुन्छन र
हामीलाइ बचाँउछन?
सुइ लगाउँछन
चस्स दुःख्छ
ल भयो है भन्छन
अनि अर्को को हात थमाउँछन
नर्षहरू

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X