Register
A password will be e-mailed to you.

तस्बीर: डम्बरकृष्ण श्रेष्ठ/हिमालखबर

‘मान्ठा डराएको जुग’ पढेदेखि नै मोहन मैनालीको लेखन मन पर्न थाल्यो । सरल लेखन शैलीसँगसँगै लेखनको विषय वस्तुले मैनाली झनै प्रीय बने । ‘मान्ठा डराएको जुग’मा ती कुराहरु समेटिएका थिए जो धेरै मान्छेले थाहा नै पाएका छैनन् । सरकारी सञ्चार माध्यम र सरकार नियन्त्रित खबरहरुमात्रै पाएकाहरुका लागी पुस्तकले राज्यतर्फबाट भएका अन्यायका प्रतिनिधि घटनाहरु पस्केको छ । इतिहास भइसकेको युगको ढाकछोप गरिएका धेरै मह्त्वपूर्ण अंश हरु बाहिर ल्याएर पिडितलाई न्याय दिलाउन सफल प्रयासको कथा पढ्दा सुरुमा सरकार प्रति आक्रोश र पछि गएर लेखकप्रतिको कृतज्ञता भाव हावी हुन्छ । हत्केलामा ज्यान राखेर संकलित नियात्राहरुको संगालो नेपाली साहित्यको पढ्नै पर्ने गैह्र–आख्यानात्मक पुस्तक मध्येको एक हो । ‘मान्ठा डराएको जुग’को प्रभाव यति सम्म प¥या कि त्यसपछिका दिनहरुमा युट्युबमा लेखकका अन्तर्वाता र ‘मान्ठा डराएको जुग’सँग सम्बन्धित मैनालीका वृत्तचित्रहरु पाएसम्म हेरी भ्याएँ । उपल्लो थलो पनि त्यसै प्रभावका कारण पढ्न मन लाग्यो । फेरी ‘उपल्लो थलो’को बारेमा जतिलाई सोध्यो उतिले नै राम्रो प्रतिकृया दिएकोले पनि यो पुस्तक पढ्ने इक्षा बलियो बनाएको हो ।

‘उपल्लो थलो’मा गोरखा जिल्लाको माथिल्लो भूभाग र मानसरोबरको विभिन्न कालखण्डमा गरिएको यात्रासँग सम्बन्धित संस्मरणात्मक लेखहरु समावेश छन् । कालीगण्डकी तिरै तिर २०५१ मंसिर, २०५२ भदौ–असोज र २०५९ साउन–भदौमा गरिएका यात्राहरु पहिलो तीन खण्डमा समावेश छन् भने २०५६ साउन–भदौमा मानसरोबर सम्म गरिएको यात्रालाई चौथो खण्डमा समावेश गरिएको छ ।
बुढिगण्डकी तिरको यात्राका क्रममा मैनालीले त्यहाँको कष्टकर जीवन, विजुलीलाई चमत्कार मान्ने जनताको कुरा, वन पैदावार माथिको निर्भरता, सरकारी उपस्थितिको अभाव, भौगोलिक विकटतामाझ फुलेको प्राकृतिक सुन्दरता, स्थानीय जनताको तिब्बती जनतासँगको साइनो, बदलिदो राजनीतिक परिस्थितिबीच फेरिएको साँध, लगायतका कुरा समावेश गरेका छन् । पहिलो खण्डको यात्राताका देशमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको र त्यसले दलितहरु प्रतिको छुवाछुत हट्ने आशा देखिएको भएपनि जनसामान्यको मानसिकतामा परिवर्तन नआउँदा सो आशामा पानी फेरिएको अंश एकदमै घत लाग्ने थियो । स्थानीय अन्धविश्वासका कारण सेराङ गुम्बा, सोराङ हिमाल लगायतका पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनसक्ने स्थानहरुबाट पनि त्यस क्षेत्रले मनग्गे लाभ लिन नसकेको पढ्दा अलि नरमाइलो लाग्छ । ०५१ देखि ०५९ को लगभग एक दशकको अन्तरालमा नेपाली भूमीका बासिन्दाको वनपैदावार माथिको निर्भरता जस्ताको त्यस्तै छ भने छिमेकी तिब्बतका बासीको जीवनस्तरमा निकै फेरबदल आइ सकेको छ । जडिबुटि संरक्षणको लागी तिनको संकलनमा रोक लगाइएको, गैह्र सरकारी संस्थाको सहयोगमा भएका विकासका, मादकपदार्थ दुव्र्यसनी कम गर्न रक्सीको कम मूल्य निर्धारण गरेर रक्सी उत्पादन निरुत्साहित गरेको, लगायतका केही सकारात्मक परिवर्तन दर्साउने कुराहरु समेत उल्लखे छन् । पछिल्लो पटकको यात्राका क्रममा माओवादी द्वन्द्वका कारण पहिलेको जस्तो विश्सवसको वातावरण नभएको र मानिसहरुले नयाँ मान्छेहरु देख्ने बित्तिकै शंकाको दृष्टिले हेर्ने कुराहरुले उपल्लो थलोमा परेको जनयुद्धको असरको धेरथोर कुराहरु आएका छन् ।

पुस्तकको चौथो अर्थात अन्तिम खण्डमा मैनाली फेरी सुदूरपश्चिम हुँदै मानसरोबर पुगेका छन् । देशको सडकमार्ग राम्रो नहुँदा सुदूरपश्चिमका उत्तरी जिल्ला जानका निम्ति भारतीय भूमीको प्रयोग गर्नुपर्ने बाध्यताबाट उनी पनि पिडित भएका छन् । सिमानामा हुने सिमा सुरक्षा दलका अधिकारीहरुको खुल्लम खुल्ला लुटमा उनी त जसो तसो बचे तर दिनहुँ किनमेलका लागी जाने वा रोजी रोटी कमाउन भारत पसेका नेपालीहरुको हालत के हुन्छ होला भनेर एकछिन सोच्न बाध्य बनाउँछ । महाकाली वारि र पारिका दारचुला र धारचुलामा विकासका दृष्टिले निकै फरक देखिएको छ । त्यसबाहेक त्यहाँ हुने वन्यजन्तुको हाड तथा छाला लगायतको तस्करीको जालो र मुकदर्शक बनेर रहेको निरिह प्रशासनको चित्र पढ्दा जो कोही पाठक पनि आवेशमा आउँछ ।

भारत तथा नेपालका हिन्दुधर्मावलम्वीहरुका लागी महत्वपूर्ण तिर्थस्थल कैलाश मानसरोवरको यात्राको लागी नेपालकै उत्तरी नाकाबाट ताक्लाकोट पुग्ने सडक सञ्जालको विस्तार हुन सकेको खण्डमा सुदूपश्चिमका त्यसले सुदूरपश्चिमको समृद्धिको ढोका खोल्ने पक्का पक्की छ । त्यसै हेतुले निरन्तर लेखि रहने र घच्घच्याइ रहने पत्रकार बसन्तप्रताप सिंहले पुस्तक पढि रहँदा कान्तिपुरमा प्रकासित उनको ‘चैनपुर–ताक्लाकोट सडक सुरु’ शिर्षकको समाचार सामाजिक सञ्जालमा बाँडे । त्यो समाचारले उपल्लो थलोको पढाइ अझै सुखान्त बनाइ दियो । आशा गरौँ यो सडक सञ्जाल समयसमै सकिने छ र भोलिका दिनमा मानसरोबर जन इक्षुकले नेपाली भूमीमै टेकेर त्यो यात्रा सम्पन्न गर्न सक्नेछन् । साथै सरकारी उपस्थिति बलियो भएर सिमाको तस्करी पनि नियन्त्रित हुने छ ।

Beggar: Struggling for a life beyond

यो पुस्तककको सबल पक्ष यसको विषय वस्तु र सरल लेखन हो । लेखक आफै पत्रकार भएकाले अरुको सूचनाका आधारमा भन्दा पनि आफ्नै मौलिक भोगाइका आधारमा पुस्तकमा उपल्लो थलोका बारेमा जानकारी समावेश हुँदा यो पुस्तकको अध्ययन तत्थ्यपरक अध्ययन मान्नु पर्छ । ‘मान्ठा डराएको जुग’मा जस्तै यसमा पनि एकै स्थानको फरक फरक कालखण्डको भ्रमण अलगअलग राखिएको छ । त्यसले गर्दा पठनको लय भाँचिएको महशुस हुन्छ । ‘मान्ठा डराएको जुग’ पढ्दा भ्रमण गर्दाको मार्गचित्र प्रत्येक खण्डको अघिल्तिर राखिएको भए कुन ठाउँ कता भन्ने जान्न प्रस्ट हुन्थ्यो भन्ने लागेको थिया । यसमा त्यो कमी पुरा भएको छ । त्यति हुँदा हुँदै पनि केहि वर्णन गरिएका स्थानहरु नक्सामा भेटिन्नन् । ‘मान्ठा डराएको जुग’ इतिहासको एक महत्वपूर्ण कालखण्डको दस्ताबेज थिया भने उपल्लो थलो कुनै खास घटनाको ओरिपरि रहेर भन्दा पनि एउटा भूगोलको परिचायक ग्रन्थ बनेको छ । अहिले मधेसको समस्या मात्रै चर्चा भइरहेको बेलामा उपल्लो थलोको अध्ययनले हिमाली भेग वा भनाँै उच्च पहाडी भेगको समस्याका बारेमा समेत जान्न मद्दत गर्छ ।
मान्छेहरुले उनलाई आँखीझ्यालका पत्रकार भनेर पुस्तकमा धेरै ठाउँमा चिनेका छन् । आँखिझ्लसँग म पनि परिचित छु । सानो छँदा नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम आँखिझ्यालको सुरुवाती धुन अझैपनि दिमागमै गुञ्जञ्छ । बुबाले खुब रहर गरेर हेर्ने कार्यक्रम नेपाल टेलिभिजनका सन्ध्याकालिन धाराबाहिक आउन पूर्व प्रशारण हुन्थ्यो । कार्यक्रम प्रस्तोताका रुपमा आउने चश्मावाला पत्रकारको धुमिल चित्र पनि मनमा आउँछ तर ती प्रस्तोता मोहन मैनाली नै हुन् या अरु कोही भन्ने चाहिँ अझै छुट्याउन सकेको छैन । गुगलमा खोजी गर्दा समेत ती तस्वीर या पुराना कार्यक्रम फेला पार्न नसकेकोले र अहिलेको मैनालीको चित्रसँग दाँज्ने कुनै उपाय पत्ता नलागेकोले यो जिज्ञासा दोश्रो पुस्तक पढेपश्चात पनि जस्ताको तस्तै छ ।

पाठक–लेखककै साइनोको आधारमा पुस्तक उपहार प्रदान गरिदिनु भएकोमा मैनाली प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । पुस्तक म सम्म पु¥याउन ठूलो गुन लगाइ दिने पत्रकार दाजु प्रकाशविक्रम शाहलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

Read more from the author

Leave a Reply