Register
A password will be e-mailed to you.

सवारी चालक अनुमतिपत्र नविकरण प्रक्रिया: [ License Renewal Process]

एक दुइ जनाले भनेको सुनेकी थिएँ, लाइसेन्स नविकरण आफैं गर्न सकिन्न, अरुलाई पैसा दिएर गर्नुपर्छ । आफैं नविकरण गर्न जाँदा बुझें, यो धेरै हद सम्म सत्य रहेछ । अव्यवस्थित र अस्तव्यस्त यातायात व्यस्था कार्यालयमा लाइसेन्स नविकरण गर्न जाँदै हुनुन्छ भने दिन माया मारेर र घन्टौं लाइनमा बस्ने मनस्थिति बनाएर निस्किए बेस हुने रहेछ ।

चाहिने कागजात र सामग्री :

१. सवारी चालक अनुमतिपत्र नविकरण फारम
२. मेडिकल जांच फारम
३. पासपोर्ट फोटो – १
४. पुरानो लाइसेन्स (यो लाइसेन्स बागमती अन्चल बाट नै जारि भएको हुनुपर्छ । अन्य अन्चलबाट जारि भएको लाइसेन्सको नविकरण हाललाई रोकिएको छ। पांच वर्ष तिन महिना म्याद नाघेमा डबल राजस्व तिर्नुपर्छ।)
४. टिकट – रु दस मुल्यको
५ . रू ७६५
६. ग्लु र स्टेप्लर
७. डटपेन

 

प्रक्रिया:

१. यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा साढे दस बज्नु अगावै पुग्नुहोस् ।

२. मूल ढोकाको देब्रे पट्टि सानो टहरामा नविकरण फारम र मेडिकल जांच फारम किन्नुहोस् । दुइटा गरेर रु १० पर्छ ।

३. “फारम भर्दिउँ? पचास रूप्पे मात्र” भनेर घेर्दै आउने महानुभावहरुलाई आँखा तर्नुस् ।

४. दस रुपियाँ बराबरको हुलाक टिकट किन्नुस् । यसलाई वहाँले रु १५ तिर्न लगाउनुहुन्छ । “सुन्धाराबाट बोकेर ल्याएको” ले यसो भएको रे !

५. दुवै फारम भर्नुस् । टिकट र फोटो टाँस्नुस् ।

६. फारम र लाइसेन्स बुझाएर गेटमै रहेको सानो कोठाबाट मेडिकल जांचको लागि चिर्कटो लिनुहोस् । मुल्य रु ३८ तोकिएको छ तर वहाँले रु ४० लिनुहुन्छ । किन भनेर प्रश्न नगर्नुहोस, उत्तर आउँदैन ।

७. एक र दुइ नम्बरको कोठामा फारम र लाइसेन्स जांचिन्छ । आफ्नो फारमहरु, मेडिकलको चिर्कटो र लाइसेन्स स्टिच गरेर यी मध्ये यौटा कोठाको झ्याल बाट दिनुस् । कहिलेकाहीं एकजना कर्मचारीले बाहिरै फारम बटुल्नुहुन्छ तर वहाँ प्राय हराउनु हुन्छ ।

८. फारम बुझाए पछी कान थापेर बस्नुस् । लगभग १५ मिनेट जतिमा नाम बोलाउन शुरु हुन्छ । आफ्नो फारम फिर्ता लिनुस् र अधिकृतको सही भए नभएको जाँच्नुहोस् ।

९. दुइ नम्बरकै छेउमा फलामे ग्रिल अगाडी फोटो खिच्ने कोठा छ। यसको अगाडी लाइन बस्नुहोस् । यो लाइनमा कम्तिमा आधा घन्टादेखि बढीमा ३ घन्टासम्म बस्नुपर्छ । लाइनमा बिच बिचबाट कसैले घुसपैठ नगरोस् भनेर जांच गर्न थुप्रै अधिकृत बस्नुहुन्छ । वहांले अरुलाई त गालि गर्नुहुन्छ, आफ्ना चिनजानका जति चाहिं सबैलाई छिराउनुहुन्छ । त्यसैले आफ्ना अगाडिका मान्छे थपिदै गए आश्चर्यमा नपर्नुहोस् ।

१०. पालो आएपछि एकचोटीमा पांच जनालाई फोटो खिच्ने कोठामा प्रवेश गराइन्छ । भित्र गएर मेचमा बसेपछी औंठाछाप लिइन्छ, फोटो खिचिन्छ र सही गर्नुपर्छ । यो सबै डिजिटल भएकाले र यो कोठा अरुभन्दा व्यवस्थित भएकाले केहि खुशी लाग्छ । पहिलेको लाइसेन्समा केहि गल्ती भएको भए यहाँ सच्याउन मिल्छ ।

११. यसपछि मेडिकल जाँचका लागि कोठा नम्बर १२ मा जानुस् । यहाँ ढोकैमा एकजना दिदीले रंगीबिरंगी बुट्टामाझका अक्षर पढ्न लाउनुहुन्छ । त्यसपछि मेडिकल सकियो । भित्र कोठामा छिरेपछि दुइजना अधिकृतले नम्बर दर्ता गर्नुहुन्छ ।

१२. अब नम्बर ८ कोठाको झ्यालमा सबै कागजात पेश गर्नुहोस् । वहाँले ढड्डामा हेरेर लाइसेन्स भेटिए सहि गरेर फिर्ता दिनुहुन्छ ।

१३. नम्बर ७ को झ्यालमा राजस्व (रु ७००) बुझाउनुहोस् । हरियो स्लिप लिनुहोस् । यहाँ लागु पदार्थ सेवन नगर्नुहोस् किनभने झ्यालमाथि ‘लागु औषध निषेधित क्षेत्र’ टाँसिएको छ ।

१४. नम्बर ९ को झ्यालमा सबै कागजात दिनुहोस् । वहांले अरु राखेर एउटा गुलाबी स्लिप र लाइसेन्स फिर्ता दिनुहुन्छ ।

१५. तपाइंले युद्ध जित्नुभो । अब १५ दिनपछि गएर लाइन लागेर स्मार्ट लाइसेन्स लिनुहोस् ! कहाँ गएर लिने भनेर नसोध्नुस्, किनभने उत्तर आउँछ, “पढ्न आउन्न? त्याँ माथि लेखेको देख्नुन्न?”

Am  I Nepali?

RECAP:

1. Buy license renewal/medical forms and ticket.
2. Fill in the forms,paste photo and ticket.
3. Buy medical examination slip.
4. Staple both forms, license and medical examination slip and submit at room 1 or 2.
4. Stand in line in front of the photo room.
5. After photo is taken, go to room 12 for medical exam.
6. After exam, go to room 8 to get license checked.
7. Go to room 7 to pay taxes. Receive green slip.
8. Go to room 9 to submit all documents and get back the pink slip.

 

(As of April 3, 2016)

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X