Register
A password will be e-mailed to you.

म मेरो यात्राको अन्तिम समयको खोजीगर्दै थिए
भेटाउन साह्रै मुस्कील रहेछ
गंगामा म एक्लै
यताउतीभौतारीन
अथाह कठीन रहेछ ।
लह अब भेटाए भेटाएँ भन्दाभन्दै
म निलो आकाशको कालो अन्नतको गोरेटोमा हिडी सकेछु ।
अग्लो होचो, ठुलो सानो
जातपात, धर्म कर्म
भन्दाभन्दै
शंखध्वनीको भुमरी
नाचिसके छु ।
रहर मेरा सबै
अनि
भ्रमनै कति
भ्रमनै जीवन
अनि
भ्रमनै अति
अहो
एक मात्रजीवन
कयौँक्रान्ति
भ्रमनै जीवन
अनि
त्यहीभ्रमनै अशान्ती ।
आज ममौन छु की?हँ?
की मेरो मनमै अशान्ती?
कयौँप्रश्नथिए
कयौ अझै छन

केहीबाँकी रहने छन ।
मलाइ लाग्छ
म मेरो आटले आज घाटमा पुगेको छु?होर?
कि कसै अरुको मागले?
मैले अघिनै भने नी
कयौ प्रश्न छन
कयौँ ।
म यसपाली रातो रँग अबिर
फुलमालाले शुुस्जीत
पवित्रपत्थरहरुमा सर्मपितथिएर म
यस्तो सम्मानपाइ रहदा
खुसीले झन मौन भए
तर पनिदुइथोपा स्वास
उकेल्न सकी राखेको थिएन ।
भन्छन जीवनयात्राहो
हो रहेछ
जीवनयर्थाथ हो
त्यो पनिहो रहेछ
तर जे सुकै गर्नुस
जीवनको अन्तिमगन्तव्य
गँगाको त्यो कालो
गोरेटो बाटोनै रहेछ ।
यो सबै कुुरा मैले आफै सँग गर्दैछु
वरी परी हेर्रदा आँसुुका पर्दा छन
चिर परीचितअनुहार हरु
चियाएर मेरो अन्तिम समयलाइनियाल्दै छन
बस म यो ठम्याउन सकिराखेको थिएन
कि यो सबै खुसीको लागीयहाँ छन कि दुख
बस म लपेटिएको थिऐँ
मौनथिऐँ
म अन्तिम समयको आभासलाइकुर्दै थिए
म बोल्नहाँस्न सक्तीन थेँ
तर गगनचुम्बी आकाशबाट
सबलाईचियाइ रहेको थिए
राम्रो नराम्रो केहीखोजीन
तर म सबैको लागीझुुकी राखेको थिए ।

– सत्य प्रकाश जाेशी (Satya Prakash Joshi)

 

Leave a Reply