आमा जब म पाईला चाल्न सिक्दै थिए नि
तिमी मेरो हात समाउने गर्थै
मलाई तिमी देखि रिस उठथ्यो
कति पटक त तिम्रो हातबाट आफ्ना हातहरु छुटाउथेँ
म एक्लै हिड्न खोज्दा लड्खडाउथेँ
तर तिमी दौडिएर मलाई सम्हाल्न आउथैँ
तेति बेला मलाई तिमी देखेर अच्चम लाग्थयो
तर आमा आज जब म लड्छु नि
तब तिम्रो सार्है याद आउछ
तिमी फेरि आएर मलाई सम्हाले हुन्थयो जस्तो लाग्छ
आमा आज फेरि आएर मेरा यि हात थाम न
किनकी आज मलाई फेरि तिम्रो साहारा याद आयो
आमा आज फेरि तिम्रो याद आयो
आमा म सानो छदाँ जब स्कुल जाने बेला हुन्थयो
तिमी मेरो टिफिनको डब्बा मिठा परिकारले भरिदिन्थयौ
तेति बेला मलाई तिमीले बनाएको मनपर्दैन थियो
कति पटक त मैले त्यो टिफिन फ्याँकिदिन्थे
तर आमा आज जब म ति स्वाद नभएका बजारका खाना बाध्य छु
तब तिम्रो सार्है याद आउछ
मनमनै तिमीले बनाएका खानेकुरा खान पाए हुन्थयो जस्तो लाग्छ
आमा आज फेरि आएर तिम्रा हातले बनाएका खाना खुवाऊ न
किनकी आज मलाई फेरि तिमीले बनाएको खाना याद आयो
आमा आज फेरि तिम्रो याद आयो
आमा सानोमा जब नौलो मान्छे देखेर डराउँदै तिम्रो पछि लुक्थे नि
तब तिमी मलाई आफ्ना आचँलले छोपिदिन्थयौ
तेति बेला मलाई तिम्रो व्वहार अनौठो लाग्थयो
तर आमा आज जब यि गिद्दे नजर ममा पर्छन नि
तब तिम्रो सार्है याद आउछ
तिमीले फेरि आएर मलाई लुकाए हुन्थयो जस्तो लाग्छ
आमा आज फेरि आएर लुकाउ न मलाई
किनकी आज मलाई तिम्रो मायाको आचँल याद आयो
आमा आज फेरि तिम्रो याद आयो
आमा तिम्रो हसिँलो मुहार हेर्न आतुर छ यो मन
तिम्रो न्यानो अँगालोमा लुटपुटिएर निदाउन मन छ
तिमीलाई आफ्ना मनका भाव सुनाउन मन छ
किनकी आमा आज फेरि तिम्रो यादले सताएको छ
Leave a Reply
You must be logged in to post a comment.