एकादेशमा चर्चित ‘म’ नामकाे पात्र
साेच्थ्याे म ठुलाेभएपछि हिमाल नजिकै बस्छु
आज उसका पाइलाहरू हिमाली भुमीबाट टाढा छन्
‘म’ साेच्थ्याे भाेलीपर्सी त्याे सेताे सर्ट र कालाे काेट
लगााएर वकालत गर्छु,
आज उसका कालाे दाग लागेका टिसर्टहरु शाेसित हुदाँ
एक शब्द फुटाउन सक्दैनन्।
‘म’ साेच्थ्याे वृद्दाश्रम र वाल आश्रम एउटै बनाउने
आमा-बाबाले सन्तान र सन्तानले माया पाउन
आज आफ्नै परिवारले बुढा बालाई आश्रमकाे ढाेकामा छाेडेर आएकाे छ।
म’ कति दयालु,
भन्थ्याे म २४ वर्ष भएपछि एउटा बच्चा एडप्ट गर्छु
तर आज दाेस्राे पटक अबाेर्सन गर्दा
उसमा केही पिडा देखिएन।
समस्या सुल्झाउन खप्पिस ‘म’ भन्थ्याे
‘भाेइस अफ् भाेइसलेस हु म’
कठै ! आज ‘भाेइसलेस म’ बन्न पुगेकाे छ।
Leave a Reply
You must be logged in to post a comment.