Register
A password will be e-mailed to you.

हिड्दा हिड्दै जीवनका गोरेटोहरुमा
छुटेका रहेछन्
केही थान यादहरु
केही हसिन पलहरु
अनि केही मान्छेहरु
उफ , यो मृगतृष्णा छुट्टीएर कोसौँ टाढा पुृगिसक्दा
पनि किन उस्तै भइरहन्छ
तिम्रा अनुभूति आफ्नै किन लागिरहेछन्
किन लागिरहेछन तिम्रा दुःखहरु सुखहरु प्यारा ।
इतिहासले आज कहाँ ल्याएर पछार्यो कुन्नि मलाई
तिमी त कोसौँ टाढा गइसकेछौ ।

थाहा छ लाइफ पुल अस अपार्ट
तर के तिम्रो जीवनमा त्यति शक्ति थियौ
जसले मेटाउन सक्थ्यो ति पलहरु,
के तिम्रो शब्दमा त्यति राप थियो
पगाल्न सक्थ्यो हाम्रा इतिहासका मुर्तीहरुलाई ।

अहँ म मान्दिन
यथार्थ र कल्पना
सत्य र झुट
मृगतृष्णा र मिराज
अहँ म मान्दै मान्दिन ।।

Person reaching out शीर्षकविनाको कविता

Photo: Unsplash/ Mantas Hesthaven

मृगतृष्णामा त तिमी
पछाडीबाट दुःख सुखको कोसेली बोकेर सुसेल्दै आउछौ
कल्पनामा त तिमी
पाईलामा पाइला जोडेर हिड्छौ

तर
हाम्रो धरातल छुट्टै भईसकेछ,
हो तिमी जीवनको पहाड चढिसक्यौ
म वेसीमै छु,
तिमी सङ्घर्षको जङ्घार तरिसक्यौ
म नदिको ओल्लो किनारमै बसिरहेछु,
जब जब तिमीलाई स्पर्श गरेको चञ्चल बतास
म निर आईपुग्छ,
तिमीलाई सम्झेर मुसुक्क मुस्कुराउने छु ,
अनि नाच्ने छु मारुनी
ऐनामा तिम्रो मिराज दर्पण हेर्दै ।

सायद
तिमी र म
पात र शित थियौँ,
जीवनको कुनै भोरमा
अनायसै भेटिएका थियौँ
अनायसै हावाको झोक्काहरुसँगै लहराएका थियौँ
झरीको सङ्गीतसँगै निथ्रुक्क भिजेका थियौँ
अनि
अनायसै बाफ बनेर उडेको थिएँ म
केही मिठा र तिता आवाजहरु बोकेर …..

Leave a Reply