नेपाली हु म, नेपालको कसैको दासत्व होइन स्वतन्त्रता सधैको
रगतमा छ आगो शत्रु जलाउने ||
फेरी यै दुइ पाखुरीमा छ शक्ति बन्जर भूमिमा अन्न फलाउने
इतिहास हाम्रो हेर कत्रो विशाल प्रचण्ड ||
कहिले भएनौ गुलाम कसैको सधै नै स्वतन्त्र
हिमाल हेर टलटल पहाड उभेछ बनि चट्टानी ढाल ||
त्यहि हिमालको हीऊ बगेछ खोला बनि तराइमा कलकल
माता सीताको भुमि यो भगवान बुद्धको जन्म थलो ||
अखण्ड पुर्व पश्चिम उत्तर र दक्षिण
असाध्यै सुन्दर हाम्रा कुन काप्चाका घरबार ||
यो मेरो मुलुक हिमाल पहाड तराईको संगम
डाँफे मुनाल गर्छन यहि माटोमा रमझम ||
हाम्रो बिर गाथानै हो हाम्रो पहिचान
बिस्व जित्ने आमाको हामि नेपाली सन्तान ||
रगतको थोपा थोपामा क्रान्तिको ज्वाला
बिस्व जिते बिर गोर्खालीले प्रयोग गरि खुकुरी र भाला ||
सहिदको रगत परिश्रमीको पसिना
सदैब लड्न तयार माटोको लागि परोस तातो आगो वा चिसो असिना ||
मित्रता हाम्रो उधारणीय शत्रुता हाम्रो कठोर
नेपाली आमाका सन्तान हामि अरुको दुखमा हुन्छौ भाब भिभोर ||
Leave a Reply
You must be logged in to post a comment.