कोशेली
एक टुक्रl खेत त्यो पनि आधा पहिरोले पुरिदियो
दसा लाग्यो एस्तो सन्तन मेरो अब भोकै पो हुने भो
यसरि त सायद चल्दैन जीवन सुन न ए कान्छी
म पनि अब बिदेशै जान्छु न रुनु है मलाई सम्झि
धितोमा राखे घर गोठ सबै रिन काढी जानलाई
फर्करे आए बनौलl महल तिम्रो निम्ती बस्न है
गहै भरी आसु बोकिकन गरिन कान्छीले बिदाइ
आउँदा कोशेली ल्याउनुस है बाबा छोरीले सम्झाइ
पुगे छु बिदेश मरभुमिको देश गर्मी छ अथाह
पसिना काढी रगत सुकाउदै खट्दै छु दिन रात
कान्छी मेरो बाटो हेर्दै होलिन बोकी हजार सपना
सानी छोरीले खोजदै होलिन मलाई घर र गोठमा
यताको कुरा चाही अर्कै रहेछ काम धेरै गार्हो छ
मौसमको झन कुरै नगरौ मन आतेर आउछ
रतिको बेला धेरै गार्हो भो मलाई खै के पो भएछ
कुन बेला मेरो शरिरलाई मेरो आत्माले त्यागेछ
माफी देउ कान्छी, म आउन सक्दिन, बाटो न हेर है
सानिको निम्ती, ल्याइन कोशेली, माफ मलाई गर है
आयो त केबल शरीर मेरो निर्जिब भई यो पनि
कोशेली चाही काठको बlकस दर्हो मनले लिदिनु
Leave a Reply
You must be logged in to post a comment.