देख्यौ भनेकै थिएँ नि अति नगर भनेर,
एकदिन कर्मको फल भोग्नै पर्छ भनेर ।
हिजो तिम्रो मनोरञ्जनको पात्रता त म खुशी खुशी बनेछु,
आज आखाले पनि नदेखिएको जीवले तिमिलाई आफ्नो मुट्ठीमा खेलाइरहेको देखिरहेछु।
कति आनन्द आउथ्यो है तिमिलाइ म उडिरहेको ,हिडिरहेको बेला त्यो पिँजडामा थुन्न,
कति हर्षित हुन्थ्यौ है तिमी मेरो प्राण र खुशिको टुक्राटुक्रा बनाउन।
तर, आज सोध्न मन छ तिमी लाई त्यो घर रुपि पिँजडा भित्र के छ हालखबर भनेर ,,
त्यो बन्द ठाउँमा बस्नु को पिडा कस्तो हुन्छ भनेर।।
आज देखाउन मन छ तिमी लाई समय गोलो घुमिरहेको छ भनेर।
खै के पायौ त हिजो कसैलाई नगनी, अरुको खुशी चुडाली कमाएको धन को,
आज देखाउन मन छ तिमिलाई ती धनी र गरिबको लाश एकै ठाँउमा जलिरहेको।
घुम्ने कुर्सीमा बसि पैसा र सुन महलमा सजाउनुमा नै हुन्छ सुख भन्थेउ सबै जीवनको ,
तर आज किन जरुरत पर्यो तिमिलाई त्यो झुपडी भएको गाउँको।
हिजो म निर्दोष हुदाहुदै पनि मेरा ती परिवारलाई मबाट छुट्टाउनुमा रमायौ,
आज हेर त,आफ्नै भन्ने ती तिम्रा आफन्तजन सङग नजिकन र बोल्न पनि डरायौ।
हिजो रमायौ ती हामी बसिरहेका हरिया वन उजाड्नमा,
आज बसिरहेका छौ एउटै घरको पनि छुट्टै कोठामा।
त्यो सुन्दरता र सम्पन्नताको घमण्ड जति गरेता पनि अन्त्यमा मिल्नु माटोमै रहेछ,
अब त बुझ्यौ होला नि पैसा मा भन्दा ठूलो खुशी मानवतामा हुँदो रहेछ ।
शब्द :- अप्सरा भट्टराई (अप्पु)
Leave a Reply
You must be logged in to post a comment.