Register
A password will be e-mailed to you.

विजोगै भो देश
बाङ्गोटिङ्गो बाटो गरी बगी जाने खोला
बिजोगै भो देश मेरो कतजाने होला ।
जंगलको लालुपाते डढेलोले खायो
पौरखी ती हातहरू विदेशीले पायो।

खेतका गह्रा बाँझो बसे जोत्ने कोही छैन
विदेशीको अन्न नल्याई पेट भरिदैन ।
खोला नला बगेका छन् उपयोग छैन
खेतका धाँजा फाट्न थाले हेर्ने कोही हैन ।

सहर त कोलाहल गाउँ रुवाबासी
के आउँछ रोग पनि भन्छन् रुघा खाँसी
जनताले उपचार पाउँछन् र काहाँ
हैं ह् गरी काल पर्खि बस्छन् अब यहाँ ।

उद्योग त केही छैन फलाउने याहाँ
भएका नि बेछिसके अब पाउने कहाँ ।
निर्यात त छैन केही आयातका झोला
बिजोग भो देश मेरो कता जाने होला ।

देशको चौटा लुछिसके छिमेकीले याहाँ
पहरा दिने सिपाही खै त गए कहाँ ।
काम केही गर्नु परे घुस माग्ने बरु
यो देशका बफादार कर्मचारी हरु ।

नेताजी त भाषण ले अघाएनन् कैल्यै
स्वीजरल्याण्ड बनाउने बाचा थियो विल्यै ।
अघाउन्नन् खाई यिनी ढुकुटीको धन
किन होला बिग्रिएको यिनीहरूको मन ।

सिनो पाए यिनीहरू गिद्द बनी दिन्छन्
कमिसन पाए भने चलाएरै मिल्छन् ।
जता बग्छ उतै पुग्छन् कमिशन को खोला
बिजोग भो देश मेरो कता जाने होला ।

Leave a Reply