Register
A password will be e-mailed to you.

उहिले,

कुखुरी क्वांखमा,
भालेको डाकमा,
जेठो छोरो घोप्टे
उठी ढोका खोल्थे।
जेठी बुहारी चेप्टी,
घड़ा बोकी निक्ली
पानी लिएर आउँथी।

अनि

माइलो छोरो भूक्के,
बाल्टी बोकी निस्की
गाई दून जान्थ्यो।
माइली बुहारी नेप्टी,
गुन्यु स्विटर खप्टी
चुलो फुक्न लाग्थी।

अनि

साइँलो छोरो चिप्ले,
कंचिया बोकी हिँड्ने,
घाँस-दाउरा चिर्ने।
साइँली बुहारी कत्ली,
इसकूस टिपी ल्याउँथी,
भान्सा शुरू गर्थी।

अनि

कान्छो छोरो डल्ले,
ढिलो उठ्थ्यो झत्ते,
बिंड़ी सल्काइ चट्ट,
लिन्थ्यो धुवाँ स्वाटृ।
कान्छी बुहारी घोसी,
कुच्चो बोकी पसी
कोठा सफा पार्थी।

कृष्णे बूढ़ा आँगनमा,
ओच्छाई गुन्द्री घाममा,
बुढ़ेसकाल बिताउँथे
खाँदै-पिउँदै खुशीमा।

अहिले,

कुखुरी क्वांख न,
भालेको डाक न,
एउटै छोरो रत्ने,
रहर गर्यो पढ़ने,
शहर लाग्यो छिट्टै,
नफिरने गाउँ पिटिक्कै।

केशव बाजे एक्लै,
छोरा-बुहारी बेग्लै,
हातमा पैसा चिल्लै,
भयो यो नहुनुपर्ने कहिलै।

2 Responses

Leave a Reply