जादुई लोककथा
नदी किनारमा भेटें मैले एक जादूगरनी
ऋषमुनिलाई लट्ठ्याउने उसको त्यों स्पर्श
बाट म कसरी अबन्धित हुनी
उसको मन्त्रबाट मुक्ति पाउन जुन र तारालाइ मागेँ पनि,
दिनहरु गनेँ पनि,
त्यो प्रतिकात्मक गोधूलिमा लठ्ठीयेको मेरो मुटु
सकिन मैले बाध्न,
रातहरु काट्न
चन्द्रमा मुनिको छालमा,
उसकै वायु तिर आकर्षित नाउको पालमा,
सजिलै तरेँ मैले काला पानी
सबैभन्दा मिठो त्यो सरापबाट वास्तवमा छुट्टिन थिएन मन
जोगाउ वा उस्लाइ दिउँ यो जौवन?
थाहा छैन,
तर बिस्तारी उस्को चिरहरिलतामा बाँधि्दै गएँ,
उसम्म पुग्ने रेल चड्डै गएँ,
हिमाली भेगमा पदचिनह छोड्दै गएँ
यतिले बाटो रोके पनि,
सिद्धले दिए चेतावनी
हिउँपरीले त्यहा नजाउ भनी,
म पुगेँ नाङ्गो खुट्टा त्यै चिसो नदी
अवास्तविक छ थाहा छ, तर पनी खोज्दै छु
उही संग नयाँ बिहानी
हिमालको फेदमा छ हाम्रो ढुङ्गे घर
भित्र कहिल्यै ननिभ्ने आगो,
ले दिएकै छ न्यानो
सूर्यास्त पछि लालटेनको उज्यालो
र एक अर्काको अँगालो
पुराना आफन्तले नाता विच्छेद गरे के भो र ?
मृग हाम्रा साथी,
दुर्लभ पक्षी हाम्रा शुभचिन्तक
हुरी वतास हाम्रो सन्देशवाहक
यति सम्पन्न हुँदा पग्लिनेछ कि उसको त्यो चिसो मुटु
काल्पनिक मायामा अन्धे छु कि भनेर चिसिन्छ मेरो मुटु
तर जब अस्ताउँदो सूर्यको किरणले चम्काउछ हाम्रो नदी,
चन्द्रमाको रश्मिले उज्यालिन्छ हाम्रो निकुञ्ज
ढाकिन्छ जब जङ्गली फूलहरूले हाम्रो आँगान
लाग्दैन मलाइ डर
आतिन्न यो मन
त्यो प्रतिकात्मक गोधूलिमा लागेको मोहनिले
जीवन बनेको छ जादुई लोककथा सरह
Leave a Reply
You must be logged in to post a comment.