शायद यादहरु फोसिलहुन्
समयको,
मस्तिस्कको कुनाकाप्चामा
लुकेर बसेका फोसिल,
शायद फोसिलहरु सपनासङ्गै
ecdysin र juvenile hormone
उत्पादन गर्ने कारखाना पनि हुन,
जिन्दगीलाई metamorphosis गराउने
भनिन्छ नि
रुपान्तरण,
कायापलट,
शायद म पनि कुनै दिन
धुस्रेफुस्रे झुसिलकिराबाट
रंगीन पुतली बन्नेछु
सास आवाज बनेझै
अनी
शब्दहरु कबिता बनेझै फेरिनेछु
चट्टान मुर्तिमा रुपान्तरण
भएझैँ फेरिनेछु
यदि यादहरु सँगाले भने
यदि सपनाहरु बटुले भने
म पनि कुनै दिन metamorphosis गर्नेछु
Leave a Reply
You must be logged in to post a comment.