Register
A password will be e-mailed to you.

सोच्छ प्राणनै प्राण

मै प्राण

तर यति भनेपछि

उसले आफैलाइ

घमण्ड गरेको सम्झेर

फेरि भन्छ

प्राणनै प्राण

सबै प्राण

सजिव निर्जीव छन

यो सबमा

थोरै मेरो पनि नाम ।

तिमीहरु पनि घमण्ड किन गर्छौ

उत्यो हरेक दिन जसो आउने किरणको पनि समय छ

त्यही समयगतिले चलिराखेको छ

हरेक बिहान जन्मन्छ र

हरेक बेलुका उसको मृत्यु हुन्छ ।

काटछाँट हुँदै चन्द्रमाको छेउ पुग्यो उ

छेउ पुग्दा सम्म उसलाइ कुनै ज्ञान थिएन ।

जब उसले सतहमा पाइला टेक्यो

तब उसलाइ भान भयो

उसको पनि केही अस्तित्व छ ।

चन्द्र सतहको आधिमा पुगेर

उसले उ हुनु को महत्व बुझ्यो

बस नितान्त यो चाल चन्द्रमाको

सतहमा चलि रहन्छ

हरेक १५ दिन बल्छ चम्कन्छ

बल्छ चम्कन्छ

बस उसको पनि जीवन र

एउटा चक्र छ भनि सम्झिरह्नछ ।

१५ दिन

उसको अनेकन बयान गरिन्छ

तेही पन्द्र दिन चलायमान

तेज सहितको चन्द्रलाइ नियालेर कयौँनका आखाका

बटुकाहरु भुइ सतहलाई सपर्ष गर्छन

मायाका बुटाहरु उम्रिन्छन

भोक प्यास निन्द्रा

सबैलाइ एकत्रीत गरेर यी

सबै कुराहरुलाइ समहाल्न लागी परेको हुन्छ ।

यि सबै कुराहरुहुँदा सम्म

उ चन्द्रसतहलाइ पुर्ण कब्जा गर्न तयार हुन्छ

अब यो पलमा उ चरम उत्कण्ठित हुन्छ

तर नभन्दै

मृत्युका डोबहरु तानासाह भएर

आत्माहरुको उनमुक्तिका लागी प्रर्थना गर्छन

तन मन धन सबै पग्लिन्छ

कोही कोही त समाधिनै लिन्छन

यो समयले अथाह ज्ञान दिन्छ

तर त्यो त बस लिनेहरुका लागी ।

अब बाँकीका १५ दिन चन्द्र सतह

उ उसको एकपाटो बिर्सिएकोमा

भाव बिभोर हुन्छ

उसको पटल खण्डमा उब्जीराखेका

कुराहरुलाइ बुझ्दै

कर्म गरि राखेको हुन्छ ।

by Satya Prakash Joshi

Leave a Reply