जिवन कसैले दुई चार दिनको सानो यात्राहो भने !!
त् कसैले जिवन धेरै लामो छ भनिदिए !!
जिवन के हो ? केहि होइन पनि कत्तिले भने !!
फेरी कसैले जिवन बडो महत्वपूर्ण छ पनि भने !!
फेरी कतै बाट आवाज आयो जिवन केवल रात र दिनको अनौठो संगम मात्रहो भनिदिए !!
जिवन सानो छ हासेर बिताउ भन्ने पनि भेटे !!
जिवन लामो छ गम्भीर बन भन्ने पनि भेटे !!
बाल्यकालमा शिक्षा नै जिवन हो भन्ने सुने !!
बयस्कमा अर्थनै जिवन हो भन्ने बुझे !!
यो जिवन संगको हाम्रो संघर्षमा हामि एउटा नाटकको पात्र हौ जस्तो छ !!
हामि त् केवल टिभीको च्यानल जस्तो रिमोट त् फेरी आर्काकै हातमा छ !!
अझै अनउत्तरित छ मेरो प्रश्न ??
भिकारीलाइ सोध्छु केवल पैसानै हो जिवन भन्छ मलाइ !!
करोडपतिलाइ सोधे भन्छ सन्तुलित जिवन चाहियो मलाइ !!
फेरी नेतालाई सोधे चुनाब जित्न पाए बन्छ मेरो जिवन सधैलाई !!
बिद्यार्थीलाई सोधे भन्छ परिक्षा उतिर्ण गर्न पाए पुग्छ मलाइ !!
चरिलाई सोधे भन्यो मेरो गुड भएको रुख न ढालिदेउ !!
जिवन सायद अनौठो छ रोमान्चक छ साथै छ संघर्षको ठुलो भेल !!
बुझ्नेलाई जिवन सफल छ नबुझ्नेलाई एउटा फोहरी खेल ||
Leave a Reply
You must be logged in to post a comment.