Register
A password will be e-mailed to you.

जीवन त एकै छ एकै हो
पल हजारौ बनाउन सकिन्छन
कोहि हिँडिरहन्छन हिम्मतका पाइला चालेर
कोहि एक कदममै रोकिन्छन् ।

यो पृथ्वी घुम्नुमा सबको भुमिका छ
यो हावामा सबको भाग छ
बेकाम कुरा त भगवानले शृजना गर्दै गर्दैनन्
निकम्मापन त मानविय आविष्कार हो,
जब सम्म आफुभित्र आफुमाथि विश्वास रहन्छ
बाटो त कसैले छेक्नै सक्दैनन्।

कहिलेकाहिं लडिन्छ
लडिन्छ तब त अगाडि बढिन्छ,
भुइमा पछारिनेहरुले जति
आफ्नो औकात चिन्ने मौका कसले पाउँछ ?
पछारिएर उठ्नेहरुले जति
आफ्नाहरु चिन्ने मौका कसले पाउँछ ?
प्रगति एक हौसला हो भने
दुर्गती पनि त एक पाठ हो
भनिन्छ
मिल्नेवाला छैन सतहमै हिराको खानी
सिकेर कहिल्यै खेर जान्न जवानी ॥

जीवन Person walking

Photo: Pixabay/ Fotorech

कसैको शीघ्रता व्यापक हुन सक्छ
कसैको चाल सुस्त हुन सक्छ
कसैका कदम ठूला चल्न सक्छन्
कसैका साना हुन सक्छन्
तर हिडिरहने मान्छे पुगेरै छोड्छ
कछुवले जितेको त कथा नै छ हामीसंग,
भनिन्छ
दौड्ने गोडालाई शरिरले थिच्दैन
उड्ने चरालाई पखेटा भारि हुँदैन।

हामीसंग “जीवन” छ
मुटु चलिरहेछ,सांस छ
टेक्ने धर्ती छ,माथि आकाश छ
यो भन्दा ठूलो कुरा के हुन सक्छ।
हामी तब सम्म हार्नु हुन्न
जब सम्म मर्दैनौँ
हामी तब सम्म मर्दैनौँ
जब सम्म कसैको यादमा रहिरहन्छौँ।

– © निरज पन्त

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X