आज हरेक कुरा
मेरो टाउको माथीबाट
गुज्रीराखेका छन
किन?
किन भनौ?
आज मैले एक प्याला
आफैलाई पिलाए
छिन मै
दिमाग सुन्न
भुईमा खुट्टा
हल्का डगमगाए
म आफै
I’m not a bird
but I can fly
I’m actually tired
but with this Pyala
I don’t feel anything
जे छुँ,
म बवाल छुँ
आजको एक
प्याला भिन्नै
प्यालाको शक्ती
प्यालानै ममै
तर म
अपरीचित हैन
मैले प्यालालाई
र
प्यालाले मलाई
नचिनेको त हैन
तर आजको
प्याला भिन्नै
दिन भिन्नै
आजको दिनको
सोच भिन्नै
खै खुसीको पो हो की?
तर के को
थाहा छैन
त्यो नभए
बियोगान्तीक
जरुर हुन सक्छ
तर होकी हैन
त्यो पनी छ
थाहा छैन
मन मग्न थियो
हावामा उडीराखेको
भान अनी
मष्तिस्क खाली
यै मेरो मस्तक थियो
हल्का उदारताको भाव
अलि मौनता
आजको एक प्याला
कयौँ दिन देखी
मेरो ज्यानले
मागी राखेको
यो लुरे ज्यानको
ज्याला थियो
चाहीएको शान्ति
प्याला पछि क्षणीक
रिंगाटा अनी
फनफनी घुमेको
मेरो मुन्टो
र शरीरमै हड्डी
नभएको छाती थियो
फेरी पनि भनौ
म बोल्दै बोलीन
लेख्न त प्यालालाई
लेखे तर
त्यसको राज खोलीन्
छेउको मोबाईलमा
पुरानो गितको संगालो बाट
गित बजीराखेको थियो
आज तिम्रो कुरा
चल्यो
मुटु भित्र छुरा चल्यो
बल्ल बल्ल भरेको
घाउमा
फेरी नयाँ चिरा पर्यो
आजको प्याला
भिन्नै
क्षणमै
एउटा दुनियाँमा
क्षणमै
अर्को
केही समयमै
नयाँ गित फेरीन्छ
तिमी बिना बाँच्न गाह्रो भो
मुटु दुखी रन्छ
सास फेर्न साह्रो भो
रात भरी छटपटीमा निदै पर्दैन
तिमी देखी टाढाहुँदा बाँच्नै गाह्रो भो
म आजको प्याला
सँग मौनताको
कुरा गर्दै थिए
तर उस्ले
नभएकी उनीको
याद पनि दिलाउँदै थियो
आजको प्याला
आफैमा पागलपनको
शिकार थीयो
म मा चढ्नु
भन्दा पहिला
एउटा बोतलमा
बन्द
गुम्सीएको
निस्के पछी
गिलासमा
खस्छु र
तिमी भित्र
पस्छु भन्ने
उस्को हठ
ततः पस्चात
अब म
म रहेन
सबै उ
र उस्कै
सरकार थियो
उ
आजको प्याला
भिन्नै किसिम
र प्रकारको थियो ।
Leave a Reply
You must be logged in to post a comment.