Register
A password will be e-mailed to you.
श्रीमतीलाई ‘तँ’ देखि धोती धुने सम्मका कुरा

“बाबु !”
“हजुर !”
“उः अहिले त हजुर भनी ।”
“झुक्केर भनेको । भन्दैन कसैलाई हजुर सजुर ।”
शितल दाहालको “स्वास्नीलाई तँ, लोग्नेलाई हजुर ?” पढेदेखि मैले यो तँ र हजुरको प्रयोगका बारेमा निकै घोत्लीएँ । आफू र आफू वरपरको सम्बन्धमा तिनको प्रयोग कसरी हुँदो रहेछ भनी हेरेँ । हामी आपसमा परिस्थिति अनुसार तिमी र त (त)ँ प्रयोग गरि रहन्छौँ । पहिले भेट हुँदा तपाईंबाट सुरु भयो । त्यसपछि उसलाई हो या मलाई अप्ठेरो लागेर तिमी भनेर सम्बोधन गर्ने सहमती भयो । झोक्किएका बेलामा दुईचारपटक उसले त भनेपछि मैले नि तँ प्रयोग गर्न सुरु गरेँ । तर यो सब विगत भइसक्यो । अहिले सम्बोधनहरु फेरिन्छन् तर तिनको खासै अर्थ हुँदैन । न मलाई उसले त भन्दा नराम्रो लाग्छ न त तिमी भन्दा ठूलो भएको महशुस हुन्छ । उसले भने बारम्बार मेरो मुखबाट त निस्किँदा सचेत गराइ रहन्छेः
“बाबु त नभन न !”
“हस् ।”
उसलाई आफूलाई नराम्रो लाग्ने भन्दा पनि अरुका अघि हामीले अनौपचारिक कुरा गर्दा त भनेर सम्बोधन ग¥यौँ भने हाम्रा बारेमा के सोच्लान् भन्ने हुँदो रहेछ । एक दिन फोनमा कुरा हुँदा आमाले छोरीलाई सिकाउँदै, “हजुर भन्नुपर्छ ।” भनेर सम्झाँउँदै हुनुहुन्थ्यो । त्यसपछिका दिनमा पनि ऊ केहि सचेत भइ । सम्बोधनमा सकेसम्म त को प्रयोग घट्न थाल्यो ।
मलाई लाग्छ हाम्रो समाजमा सम्बोधन कसलाई कस्तो गर्ने भन्ने सम्बन्धमा एउटा नियम लागु छः जो ठूलो छ त्यसलाई आदरार्थी र सानालाई जे गरेपनि हुन्छ । समाजका ठूला बडा र बुढा पाकालाई सामान्यतया सबैले आदरार्थी सर्वनामले नै सम्बोधन गर्छन् । आर्थिक, सामाजिक र कसको कति चल्छ भन्ने आधारमा को ठूलो र को सानो छुट्याउँछ । उदाहरणका लागी राजसंस्था हुँदा राजाहरुलाई सम्बोधन गर्नका लागी विशेष सर्वनामको प्रयोग हुन्थ्यो । लगभग भाषा नै फरक प्रयोग गर्नुपर्दथ्यो । ‘मौषुफलाई विन्तीपत्र’ लेखनको अभ्यास ०६१ सालतिर अनिवार्य नेपालीका कक्षामा मैले पनि गरेको हुँ । राजसंस्था सकिएपछि देशका कार्यकारी प्रमुखहरुलाई र अन्य उच्च पदस्थहरुलाई अझै पनि सम्बोधनको लागी सामाजिक सञ्जालका अनौपचारिक टिप्पणीहरुमा बाहेक आदरार्थी शब्दहरु नै प्रयोग गरिन्छ । अब परिवार भित्र पसेर हेर्ने हो भने पनि त्यहाँका ठूला (!?)लाई सबैले हजुर या तपाईं जस्ता आदरार्थी सम्बोधन नै गरेको पाइन्छ । परम्परागत नेपाली परिवारमा पति र पिता परिवारका ठूला वा मूल सदस्य हुन् । त्यसैले पनि परम्परागत रुपमा पति र पिता दुबैका लागी ‘हजुर’ को सम्बोधन गरिन्छ ।
परिवारमा को ठूलो भन्ने कुरा सामान्यतया त उमेरले निर्धारण गर्छ । एकै उमेरका सम्बन्धमा लैङ्गिकताले निर्धारण गर्छ । लैङ्गिकताले परिवारमा परिवारका सदस्यको भूमिका तय गर्ने हुनाले पनि लैङ्गिक आधारमा सम्बोधनहरु अलग्गिएका हुन सक्छन् । पुरुषहरुको लैङ्गिक भुमिका भित्र परिवारलाई आर्थिक रुपमा बलियो बनाउनु रहेको हुन्छ । त्यसकालागी छोरो घुँडा धसेर पढेर अड्डाको जागिर खाने देखि लिएर परदेशको प्रतिकुलतामा जुझ्न समेत तयार हुनुपर्छ । सानै देखि उनीहरुलाई त्यसै किसिमले तयार पारिन्छ । अर्कातिर महिलाका लागी घरेलु गोरखधन्दा छुट्याइएको हुन्छ । त्यसका लागी त्यसै किसिमको तालिम उनीहरुले घरभित्रै पाउँछन् । घरेलु कामले सोझो आर्थिक उपलब्द्धि नदेखिने हुनाले सायद परिवारका ठूला सदस्यमा महिलाहरु प्राय पर्दैनन् । परोक्ष रुपमा घरभित्रका निर्णयहरुमा उनीहरुको पनि हात हुने भएपनि प्रत्यक्ष निर्णायक चाहिँ उही पिता वा पति नै हुने गर्दछन् । त्यसैले हाम्रो समाजमा ‘लोग्नेलाई हजुर र स्वास्नीलाई तँ’ परम्पराको सुरुवात र निरन्तरता चलिरहेको हुनसक्छ भन्ने मलाई लाग्छ ।
मैले यसो सोचेँ, तँ भनेर सम्बोधन गर्नुको अर्थ आदर नदिनु हो वा त्यो सम्बोधन मात्रै हो । फेरी फर्किएर परिवार भित्रै पसेँ । हामी भाइबहिनी सबै लगभग सँगै हुर्कियौँ । दाइको टिसट मलाई फिट हुने अनि मेरो ज्याकेट दाइले लाउने गर्दा गर्दै हामी ठूला भयौँ । त्यसैले पनि एकअर्कालाई साथीको जस्तै व्यवहार गर्दै गयौँ । एकअर्कालाई सम्बोधन गर्दा प्राय ‘त’ नै प्रयोग भयो । एकदुई पटक अलि ठूलो भएपछि आमाले तपाईं, हजुर भनेर सम्बोधन गर्न पनि अह्राउन हुन्थ्यो । तर जिब्रै नलाग्ने । एकपटक ‘हजुर’ भनि कुरा गर्दा दाईले उताबाट लेखे ‘काले ! बौलाइस क्या हो ?’ त्यसपछि यो काले कहिल्यै बहुलाएन । दाइको विहे भयो । अब त भाउजुका अघि बहुलाएरै भएपनि ‘त’ नभनौँ लाग्छ तर सक्दैन । यसको अर्थ मैले मेरो दाइलाई आदर गर्दैन या हेप्छु भन्ने पक्कै होइन । यसमा अझै थप्नु पर्दा, ‘लोग्नेलाई हजुर र श्रीमतीलई तँ’ भन्ने परम्पराकै कारण कतिपय परिवारमा पितालाई हजुर र मातालाई त वा तिमी भन्ने चलन पाइन्छ । सायद पिताकै सिको गरेर र माताको प्रतिकारको अभावमा सानामा यस्तो बानी बसेको हुनुपर्छ । नभए आमालाई गाली गर्दा दुख्नेमनहरु सम्बोधनमा यस्तो पक्षपाती हुने थिएनन् । फेरी प्रायले सबैभन्दा बढि श्रद्धा आमालाई नै गर्दछन् जस्तो लाग्छ । आमा परिवारमा सन्तानहरुका लागी पिताको भन्दा नजिक हुन्छन् । पितालाई हरेक कुराको सिफारिस गरिदिने र भकुराइ खाँदा बिचमा परेर आफू चोट सहिदिने पनि आमाहरु नै हुन्छन् । नौ महिना कोखमा राखेर पिताको अनुपस्थितिमा उनको छायाँ र आफ्नो माया दुबै प्रदान गर्ने अनि घरधन्दा पनि सम्हाल्ने आमालाई ‘त’ भनेपनि त्यो उनी प्रतिको आदरभाव कम भएर वा सम्मान कम भएर हो भन्ने म मान्दिन । सायद आफै पनि आमालाई ‘त’ भन्ने बानी परेकामध्येमा भएकोले होला मैले जति त्यसलाई अरुले नबुझ्ला । यो स्वीकारोक्ती एकदमै हीनताबोधका साथ गरेको हुँ । तर कस्सम आमाप्रति मेरो आदर कम भएको छैन न त कहिल्यै कम थियो । सायद श्रीमतीलाई ‘त’ भन्ने श्रीमानको हकमा पनि यो लागु हुन्छ कि जस्तो लाग्छ ।
यसै विषयमा सोच्दै गर्दा एकदिन उसको एकजना साथीकामा बास बसियो । त्यहाँ पनि ‘हजुर र त’ को दोहोरी चल्दै थियो । महिलाहरु प्राय लोकलाजको बढि ख्याल राख्ने हुनाले होला सम्बोधनको मामिलामा ती महिलासाथीले बारम्बार हजुर भनेर सम्बोधन गरिरहेकी थिइन । उनका साथीको मुखबाट हजुर सुन्न पाइएन । एक पटक त शितलजी ले जस्तै इन्कलाब सुरु गर्न मन लागेको थियो । पछि सोचे व्यक्तिगत कुराहरु व्यक्तिगत रुपमै मिलाएको राम्रो । बुढाबुढी ‘तै चुप मै चुप’ भएका बेलामा बर्ता जन्ने भएर नारीवादी भैटोपल्न मन भएन । त्यसैले इशारामै सम्बोधनको त्यो तालमेल नमिलेको कुरा उसलाई जानकारी गराएर एक छिन हाँस्ने बाहेक केहि गरेन ।
अघि माथि भनेजस्तै मलाई लैङ्गिक र सामाजिक विभेदका कतिपय कुराहरु महिलाहरुको आर्थिक परनिर्भरतासँग गाँसेर हेर्न मन लाग्छ । एक पटक कैलालीमा एकजना पुरुषले जाँड खाएको बेला आफ्नी श्रीमतिलाई मरणासन्न कुटपिट गरेछन् । धारिलो हरियारले कुटपिट गरिएकाले ती महिला उपचारका लागी अञ्चल अस्पताको आकस्मिक कक्षमा भर्ना गरिएकी थिइन् । केहि पत्रकारहरुले उनको उपचार सकिएपछि उनलाई प्रहरीमा निवेदन दिन दबाब दिएछन् । महिलाले ‘पतिले रक्सीका कारण त्यस्तो गरेको र उनलाई माफ गर्न निवेदन’ गरिछन् । पिडितले नै त्यस्तो भनिसकेपछि कुरा अगाडि नबढ्ने भयो । विसित देशमा भएको भए सयद उनले यसरी उम्कन पाउँदैन थिए होला । तर त्यहाँ त्यस्तै भयो । पत्रकारले झोक्किएर लेखेको स्ट्याटसबाट सो घटनाको विस्तार पाइयो । यस्सो सोचेँ, ती महिला आर्थिक रुपमा आत्मनिर्भ भएकी भए पनि तिनले त्यसै गरी बिन्ती बिसाउँदि हुन् त ?
अहिले समाज पूर्ण रुपमा नभएपनि आंशिक रुपमा परिवर्तित भएको छ । महिलाहरु पनि आर्थिक रुपमा आत्मनिर्भर हुन थालेका छन् । त्यसरी आत्मनिर्भर महिलाका हकमा उनीहरुले आफ्नो सम्बन्धमा सम्बोधन देखि लिएर घरेलु कामकाजमा पनि आफ्नै किसिमको समझदारीमा अघि बढेका छन् झैँ मलाई लाग्छ । अब आर्थिक रुपमा आत्मनिर्भर भएरै पनि पति नभए मलाई गति मिल्दैन भन्नेका हकमा केहि भन्न सकिन्न । नभए सम्बन्धहरु नयाँ रुपमा परिभाषित हुने क्रम सुरु भइसकेको छ । त्यसकै झल्को दिने सविता विश्वकर्माको ‘श्रीमती सघाउने श्रीमानको नाउँमा’ भन्ने लेखमा उनका श्रीमानले उनको धोती धोएको कुरा छाति फुकाएर लेखेकी छन् । यस्ता नयाँ खाले कुरा आयो कि उसलाई पनि पढ्न लगाउने बानी छ । दुबैले आफ्नो आफ्नो दृष्टिकोणका आधारमा फरक फरक कुरा टिप्छौँ । त्यसपछि बहस सुरु हुन्छः
‘तिमीले पनि मेरो धोती सबैका सामु यस्तै गरी धुन सक्छौ ?’
‘हातैले नधोए पनि वासिङ्ग मसिनमा घुसाउन त कुन ठूलो कुरा भयो र ?’
‘अनि अरुका अघि पनि भन्छौ ?’
‘तिमीले पनि भोली मेरो भित्री धोएको कुरा अरुका अघि भन्छ्यौ ?’
‘जे पायो त्यै’
‘लौ तिमीलाई भन्दा जे पायो त्यै मैले चाहिँ झ्याली पिटेरै धोती धस्काउनु पर्ने ?’
उनी हाँसिन मात्रै
‘राजनीति गर्छे !’
‘अँ होला …राजनीति रे …’
‘जोडि भित्र कसले कसको के पखाल्यो भन्ने कुरा दुनियाँका अगाडि नलेखेसम्म या नदेखाए सम्म नहुने हो र ? आफ्नो सम्बन्ध आफै परिभाषित गर्ने र आफै सिमानाहरु कोर्ने गरे हुँदैन ?’
खासमा श्रीमतीलाई सघाउने कुरामा र घरका कामकाज बाँडेर गर्नुपर्ने कुरामा महिला बलियो भइन् भने त्यसै सहमति जुट्छ । आफ्नै पहिचान बनाएकी र आफ्नै पेशा अँगालेकी एक आर्थिक रुपमा आत्मनिर्भर महिलाले असमान सम्बन्धलाई लघारेर जीवन जिउलान् भन्ने मलाई लाग्दैन । यदि त्यसै गर्छन् भनेपनि त्यो उनीहरुको भूल हो । सम्बन्धहरुमा भएका सुधारात्मक अभ्यासको बारेमा पत्रपत्रिकामा चर्चा परिचर्चा हुनु राम्रो कुरा हो । यसले कतिपयलाई आत्ममुल्यांकनमा पनि सहयोग गर्छ । अन्जानमा भइरहेका व्यवहारहरु सुधार्न पनि सघाउ मिल्छ । राम्रा बानीहरुलाई निरन्तरता दिन पनि सघाउ पुग्छ । त्यसैले आजभोली अनलाइन पत्रिकामार्फत यस्ता विषयमा बहस चलाइदिने सम्पूर्ण लेखकहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । आँखिर महिलाहरुको अवस्था सुध्रिनु भनेको हाम्रै आमा र दिदी–बिहिनीहरुको जीवन सुध्रिनु न हो ।
“बाबु !”
“के हो ?”
“आइ लभ यू ।”
“धन्यवाद !”
श्रीमतीलाई ‘तँ’ देखि धोती धुने सम्मका कुरा
“बाबु १”
“हजुर १”
“उः अहिले त हजुर भनी ।”
“झुक्केर भनेको । भन्दैन कसैलाई हजुर सजुर ।”
शितल दाहालको “स्वास्नीलाई तँ, लोग्नेलाई हजुर रु” पढेदेखि मैले यो तँ र हजुरको प्रयोगका बारेमा निकै घोत्लीएँ । आफू र आफू वरपरको सम्बन्धमा तिनको प्रयोग कसरी हुँदो रहेछ भनी हेरेँ । हामी आपसमा परिस्थिति अनुसार तिमी र त ९त०ँ प्रयोग गरि रहन्छौँ । पहिले भेट हुँदा तपाईंबाट सुरु भयो । त्यसपछि उसलाई हो या मलाई अप्ठेरो लागेर तिमी भनेर सम्बोधन गर्ने सहमती भयो । झोक्किएका बेलामा दुईचारपटक उसले त भनेपछि मैले नि तँ प्रयोग गर्न सुरु गरेँ । तर यो सब विगत भइसक्यो । अहिले सम्बोधनहरु फेरिन्छन् तर तिनको खासै अर्थ हुँदैन । न मलाई उसले त भन्दा नराम्रो लाग्छ न त तिमी भन्दा ठूलो भएको महशुस हुन्छ । उसले भने बारम्बार मेरो मुखबाट त निस्किँदा सचेत गराइ रहन्छेः
“बाबु त नभन न १”
“हस् ।”
उसलाई आफूलाई नराम्रो लाग्ने भन्दा पनि अरुका अघि हामीले अनौपचारिक कुरा गर्दा त भनेर सम्बोधन ग¥यौँ भने हाम्रा बारेमा के सोच्लान् भन्ने हुँदो रहेछ । एक दिन फोनमा कुरा हुँदा आमाले छोरीलाई सिकाउँदै, “हजुर भन्नुपर्छ ।” भनेर सम्झाँउँदै हुनुहुन्थ्यो । त्यसपछिका दिनमा पनि ऊ केहि सचेत भइ । सम्बोधनमा सकेसम्म त को प्रयोग घट्न थाल्यो ।
मलाई लाग्छ हाम्रो समाजमा सम्बोधन कसलाई कस्तो गर्ने भन्ने सम्बन्धमा एउटा नियम लागु छः जो ठूलो छ त्यसलाई आदरार्थी र सानालाई जे गरेपनि हुन्छ । समाजका ठूला बडा र बुढा पाकालाई सामान्यतया सबैले आदरार्थी सर्वनामले नै सम्बोधन गर्छन् । आर्थिक, सामाजिक र कसको कति चल्छ भन्ने आधारमा को ठूलो र को सानो छुट्याउँछ । उदाहरणका लागी राजसंस्था हुँदा राजाहरुलाई सम्बोधन गर्नका लागी विशेष सर्वनामको प्रयोग हुन्थ्यो । लगभग भाषा नै फरक प्रयोग गर्नुपर्दथ्यो । ‘मौषुफलाई विन्तीपत्र’ लेखनको अभ्यास ०६१ सालतिर अनिवार्य नेपालीका कक्षामा मैले पनि गरेको हुँ । राजसंस्था सकिएपछि देशका कार्यकारी प्रमुखहरुलाई र अन्य उच्च पदस्थहरुलाई अझै पनि सम्बोधनको लागी सामाजिक सञ्जालका अनौपचारिक टिप्पणीहरुमा बाहेक आदरार्थी शब्दहरु नै प्रयोग गरिन्छ । अब परिवार भित्र पसेर हेर्ने हो भने पनि त्यहाँका ठूला ९१रु०लाई सबैले हजुर या तपाईं जस्ता आदरार्थी सम्बोधन नै गरेको पाइन्छ । परम्परागत नेपाली परिवारमा पति र पिता परिवारका ठूला वा मूल सदस्य हुन् । त्यसैले पनि परम्परागत रुपमा पति र पिता दुबैका लागी ‘हजुर’ को सम्बोधन गरिन्छ ।
परिवारमा को ठूलो भन्ने कुरा सामान्यतया त उमेरले निर्धारण गर्छ । एकै उमेरका सम्बन्धमा लैङ्गिकताले निर्धारण गर्छ । लैङ्गिकताले परिवारमा परिवारका सदस्यको भूमिका तय गर्ने हुनाले पनि लैङ्गिक आधारमा सम्बोधनहरु अलग्गिएका हुन सक्छन् । पुरुषहरुको लैङ्गिक भुमिका भित्र परिवारलाई आर्थिक रुपमा बलियो बनाउनु रहेको हुन्छ । त्यसकालागी छोरो घुँडा धसेर पढेर अड्डाको जागिर खाने देखि लिएर परदेशको प्रतिकुलतामा जुझ्न समेत तयार हुनुपर्छ । सानै देखि उनीहरुलाई त्यसै किसिमले तयार पारिन्छ । अर्कातिर महिलाका लागी घरेलु गोरखधन्दा छुट्याइएको हुन्छ । त्यसका लागी त्यसै किसिमको तालिम उनीहरुले घरभित्रै पाउँछन् । घरेलु कामले सोझो आर्थिक उपलब्द्धि नदेखिने हुनाले सायद परिवारका ठूला सदस्यमा महिलाहरु प्राय पर्दैनन् । परोक्ष रुपमा घरभित्रका निर्णयहरुमा उनीहरुको पनि हात हुने भएपनि प्रत्यक्ष निर्णायक चाहिँ उही पिता वा पति नै हुने गर्दछन् । त्यसैले हाम्रो समाजमा ‘लोग्नेलाई हजुर र स्वास्नीलाई तँ’ परम्पराको सुरुवात र निरन्तरता चलिरहेको हुनसक्छ भन्ने मलाई लाग्छ ।
मैले यसो सोचेँ, तँ भनेर सम्बोधन गर्नुको अर्थ आदर नदिनु हो वा त्यो सम्बोधन मात्रै हो । फेरी फर्किएर परिवार भित्रै पसेँ । हामी भाइबहिनी सबै लगभग सँगै हुर्कियौँ । दाइको टिसट मलाई फिट हुने अनि मेरो ज्याकेट दाइले लाउने गर्दा गर्दै हामी ठूला भयौँ । त्यसैले पनि एकअर्कालाई साथीको जस्तै व्यवहार गर्दै गयौँ । एकअर्कालाई सम्बोधन गर्दा प्राय ‘त’ नै प्रयोग भयो । एकदुई पटक अलि ठूलो भएपछि आमाले तपाईं, हजुर भनेर सम्बोधन गर्न पनि अह्राउन हुन्थ्यो । तर जिब्रै नलाग्ने । एकपटक ‘हजुर’ भनि कुरा गर्दा दाईले उताबाट लेखे ‘काले १ बौलाइस क्या हो रु’ त्यसपछि यो काले कहिल्यै बहुलाएन । दाइको विहे भयो । अब त भाउजुका अघि बहुलाएरै भएपनि ‘त’ नभनौँ लाग्छ तर सक्दैन । यसको अर्थ मैले मेरो दाइलाई आदर गर्दैन या हेप्छु भन्ने पक्कै होइन । यसमा अझै थप्नु पर्दा, ‘लोग्नेलाई हजुर र श्रीमतीलई तँ’ भन्ने परम्पराकै कारण कतिपय परिवारमा पितालाई हजुर र मातालाई त वा तिमी भन्ने चलन पाइन्छ । सायद पिताकै सिको गरेर र माताको प्रतिकारको अभावमा सानामा यस्तो बानी बसेको हुनुपर्छ । नभए आमालाई गाली गर्दा दुख्नेमनहरु सम्बोधनमा यस्तो पक्षपाती हुने थिएनन् । फेरी प्रायले सबैभन्दा बढि श्रद्धा आमालाई नै गर्दछन् जस्तो लाग्छ । आमा परिवारमा सन्तानहरुका लागी पिताको भन्दा नजिक हुन्छन् । पितालाई हरेक कुराको सिफारिस गरिदिने र भकुराइ खाँदा बिचमा परेर आफू चोट सहिदिने पनि आमाहरु नै हुन्छन् । नौ महिना कोखमा राखेर पिताको अनुपस्थितिमा उनको छायाँ र आफ्नो माया दुबै प्रदान गर्ने अनि घरधन्दा पनि सम्हाल्ने आमालाई ‘त’ भनेपनि त्यो उनी प्रतिको आदरभाव कम भएर वा सम्मान कम भएर हो भन्ने म मान्दिन । सायद आफै पनि आमालाई ‘त’ भन्ने बानी परेकामध्येमा भएकोले होला मैले जति त्यसलाई अरुले नबुझ्ला । यो स्वीकारोक्ती एकदमै हीनताबोधका साथ गरेको हुँ । तर कस्सम आमाप्रति मेरो आदर कम भएको छैन न त कहिल्यै कम थियो । सायद श्रीमतीलाई ‘त’ भन्ने श्रीमानको हकमा पनि यो लागु हुन्छ कि जस्तो लाग्छ ।
यसै विषयमा सोच्दै गर्दा एकदिन उसको एकजना साथीकामा बास बसियो । त्यहाँ पनि ‘हजुर र त’ को दोहोरी चल्दै थियो । महिलाहरु प्राय लोकलाजको बढि ख्याल राख्ने हुनाले होला सम्बोधनको मामिलामा ती महिलासाथीले बारम्बार हजुर भनेर सम्बोधन गरिरहेकी थिइन । उनका साथीको मुखबाट हजुर सुन्न पाइएन । एक पटक त शितलजी ले जस्तै इन्कलाब सुरु गर्न मन लागेको थियो । पछि सोचे व्यक्तिगत कुराहरु व्यक्तिगत रुपमै मिलाएको राम्रो । बुढाबुढी ‘तै चुप मै चुप’ भएका बेलामा बर्ता जन्ने भएर नारीवादी भैटोपल्न मन भएन । त्यसैले इशारामै सम्बोधनको त्यो तालमेल नमिलेको कुरा उसलाई जानकारी गराएर एक छिन हाँस्ने बाहेक केहि गरेन ।
अघि माथि भनेजस्तै मलाई लैङ्गिक र सामाजिक विभेदका कतिपय कुराहरु महिलाहरुको आर्थिक परनिर्भरतासँग गाँसेर हेर्न मन लाग्छ । एक पटक कैलालीमा एकजना पुरुषले जाँड खाएको बेला आफ्नी श्रीमतिलाई मरणासन्न कुटपिट गरेछन् । धारिलो हरियारले कुटपिट गरिएकाले ती महिला उपचारका लागी अञ्चल अस्पताको आकस्मिक कक्षमा भर्ना गरिएकी थिइन् । केहि पत्रकारहरुले उनको उपचार सकिएपछि उनलाई प्रहरीमा निवेदन दिन दबाब दिएछन् । महिलाले ‘पतिले रक्सीका कारण त्यस्तो गरेको र उनलाई माफ गर्न निवेदन’ गरिछन् । पिडितले नै त्यस्तो भनिसकेपछि कुरा अगाडि नबढ्ने भयो । विसित देशमा भएको भए सयद उनले यसरी उम्कन पाउँदैन थिए होला । तर त्यहाँ त्यस्तै भयो । पत्रकारले झोक्किएर लेखेको स्ट्याटसबाट सो घटनाको विस्तार पाइयो । यस्सो सोचेँ, ती महिला आर्थिक रुपमा आत्मनिर्भ भएकी भए पनि तिनले त्यसै गरी बिन्ती बिसाउँदि हुन् त रु
अहिले समाज पूर्ण रुपमा नभएपनि आंशिक रुपमा परिवर्तित भएको छ । महिलाहरु पनि आर्थिक रुपमा आत्मनिर्भर हुन थालेका छन् । त्यसरी आत्मनिर्भर महिलाका हकमा उनीहरुले आफ्नो सम्बन्धमा सम्बोधन देखि लिएर घरेलु कामकाजमा पनि आफ्नै किसिमको समझदारीमा अघि बढेका छन् झैँ मलाई लाग्छ । अब आर्थिक रुपमा आत्मनिर्भर भएरै पनि पति नभए मलाई गति मिल्दैन भन्नेका हकमा केहि भन्न सकिन्न । नभए सम्बन्धहरु नयाँ रुपमा परिभाषित हुने क्रम सुरु भइसकेको छ । त्यसकै झल्को दिने सविता विश्वकर्माको ‘श्रीमती सघाउने श्रीमानको नाउँमा’ भन्ने लेखमा उनका श्रीमानले उनको धोती धोएको कुरा छाति फुकाएर लेखेकी छन् । यस्ता नयाँ खाले कुरा आयो कि उसलाई पनि पढ्न लगाउने बानी छ । दुबैले आफ्नो आफ्नो दृष्टिकोणका आधारमा फरक फरक कुरा टिप्छौँ । त्यसपछि बहस सुरु हुन्छः
‘तिमीले पनि मेरो धोती सबैका सामु यस्तै गरी धुन सक्छौ रु’
‘हातैले नधोए पनि वासिङ्ग मसिनमा घुसाउन त कुन ठूलो कुरा भयो र रु’
‘अनि अरुका अघि पनि भन्छौ रु’
‘तिमीले पनि भोली मेरो भित्री धोएको कुरा अरुका अघि भन्छ्यौ रु’
‘जे पायो त्यै’
‘लौ तिमीलाई भन्दा जे पायो त्यै मैले चाहिँ झ्याली पिटेरै धोती धस्काउनु पर्ने रु’
उनी हाँसिन मात्रै
‘राजनीति गर्छे १’
‘अँ होला ।।।राजनीति रे ।।।’
‘जोडि भित्र कसले कसको के पखाल्यो भन्ने कुरा दुनियाँका अगाडि नलेखेसम्म या नदेखाए सम्म नहुने हो र रु आफ्नो सम्बन्ध आफै परिभाषित गर्ने र आफै सिमानाहरु कोर्ने गरे हुँदैन रु’
खासमा श्रीमतीलाई सघाउने कुरामा र घरका कामकाज बाँडेर गर्नुपर्ने कुरामा महिला बलियो भइन् भने त्यसै सहमति जुट्छ । आफ्नै पहिचान बनाएकी र आफ्नै पेशा अँगालेकी एक आर्थिक रुपमा आत्मनिर्भर महिलाले असमान सम्बन्धलाई लघारेर जीवन जिउलान् भन्ने मलाई लाग्दैन । यदि त्यसै गर्छन् भनेपनि त्यो उनीहरुको भूल हो । सम्बन्धहरुमा भएका सुधारात्मक अभ्यासको बारेमा पत्रपत्रिकामा चर्चा परिचर्चा हुनु राम्रो कुरा हो । यसले कतिपयलाई आत्ममुल्यांकनमा पनि सहयोग गर्छ । अन्जानमा भइरहेका व्यवहारहरु सुधार्न पनि सघाउ मिल्छ । राम्रा बानीहरुलाई निरन्तरता दिन पनि सघाउ पुग्छ । त्यसैले आजभोली अनलाइन पत्रिकामार्फत यस्ता विषयमा बहस चलाइदिने सम्पूर्ण लेखकहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । आँखिर महिलाहरुको अवस्था सुध्रिनु भनेको हाम्रै आमा र दिदी–बिहिनीहरुको जीवन सुध्रिनु न हो ।
“बाबु १”
“के हो रु”
“आइ लभ यू ।”
“धन्यवाद १”

Leave a Reply