म चाँडै आउँदै छु …..
जुन हातहरुले मलाई पाइला चाल्न सिकाए ,
आज तिनै हातहरु काँप्दैछन,
तिम्रो “ठुलो मान्छे बन्नु!”भन्ने आशिर्वाद पनि लगेछ क्यारे
म त यती ठुलो भएछु कि
तिम्रो पसिनाले बनाएको हाम्रो महल आजकल झुपडी लाग्न थालेको छ |
शायद यो समयको खेल हो या अरु केही
मलाई त्यो कुवाको चिसो पनि भन्दा यहाँको कोक मन पर्न थालेको छ
आज यहाँ मुग्लान पैसाको भोगी भएर बस्दा
तिम्रो मन पनि मेरो माया र साथको भोगी बनेको बुझ्न सकिन |
तर अब पर्खाइका कारण गलेका तिम्रा आँखालाई मलम लगाउन
म चाँडै आउँदै छु
म चाँडै आउँदै छु |
Leave a Reply
You must be logged in to post a comment.