म कुनै महान् व्यक्ति त होइन,
तर मानव हुँ।
म कोही पिसाज त होइन,
तर कसैकी छोरी हुँ।
मसँग कुनै अदृश्य शक्ति त छैन ,
तर भावना छ।
मसँग कसैप्रति घृणा त होइन ,
तर प्रश्न छ।
म कुनै देवता त होइन,
तर विवेक छ।
म कुनै अपराधी त होइन,
तर कोमल हृदय छ।
पासाङ्ग लामु पनि मै हुँ,
तर पहिचान बेग्लै।
भगवतीको रूप पनि मै हुँ,
तर विश्वास छैन।
म पुरा ब्रह्माण्ड त घुमेकी छैन,
तर समाजलाई नियालेकी छुँ।
मैले पूर्ण संसारलाई बुझेकी त छैन,
तर बुझ्ने प्रयास गरेकी छुँ।
मैले आफन्तलाई चिनेकी त छैन,
तर परिवारलाई बुझेकी छुँ।
म कुनै अपाच्य शब्दको भकारी त हैन,
तर मजबुत हृदयकी छुँ।
म कुनै पुरूष त होइन,
तर एक स्त्री हुँ।
म समाजका लागि विश्वसनीय त होइन,
तर आफ्ना लागि छुँ।
म वंशलाई थाम्न त सक्दिन,
तर परिवारलाई बचाउन सक्छु।
म छोरा भएर कर्तव्यनिष्ठ बन्न त सक्दिन,
तर आमाबाबालाई खुसी राख्न सक्छुँ।
म धेरै धन कमाउन त नसकौला,
तर प्रेम बाढ्न सक्छु।
म शिक्षित हुन त नसकौला,
तर मानव हुन सक्छु।
म भेदभाव त नगरौला,
तर आफैँ सिकार बन्छु।
म धनको धनी त हुन नसकौला,
तर विवेकी बन्नेछुँ।
म कुनै फोहोर त होइन,
तर पनि थुकिन्छुँ।
म कसैको दायाकी भोकी त होइन,
तर दयाकी पात्र बन्छु।
म कोही मालिककि नोकर त होइन,
तर आलोचित बन्न पुग्छु।
म कसैकी खेलौना त होइन,
तर खेलौना बन्न पुग्छु।
म आमाबाबाको नाम राख्न त नसकौला,
तर सम्मान गर्न सक्छु।
म लाचार बनि यताउति त नगरौला,
तर कुसोचलाई चपाउन सक्छु।
म परिवारसँगै रहन त नसकौला,
तर रहने प्रयास गर्नेछु।
म कसैको सोचलाई परिवर्तन गर्न त नसकौला,
तर आफू बुजकि बन्नेछु।
म ठूलाठूला आइफोन किन्न त नसकौला,
तर समयसँगै चल्नेछुँ।
म ठूलाठूला बिल्डिङ्गमा बस्न त नसकौला,
तर परिवारसँगै बस्नेछुँ।
म संस्कारी त पक्कै छैन,
तर बन्ने प्रयास गर्नेछु।
मसँग झुटो कथाव्यथा त छैन,
तर सत् मार्गमा चल्नेछु।
म शिक्षित बनि कुरीतिको अन्त गर्न त नसकौला,
तर प्रयास गर्नसक्छु।
म धनिको मुख फोर्न त नसकौला,
तर गरिब रहि खुसी बाढ्न सक्छु।
Leave a Reply
You must be logged in to post a comment.