कठपुतली
आमा, त्यो छैँटिको दिन के लेखाएउ मेरो निधारमा ?
आज यती कुरा भोगिरहेछु मैले,
अरुको कुरा त छोड्देउ,
जसलाई पूजा गर्छेउ सधैं तिमीले, मेरो भाग्य बिगार्यो त्एसैले |
के तिमीले मलाई यती कम्जोर ठानेकी थियौ?
आफ्नो भाग्य आँफै कोर्न नसक्ने,
साना थिए होला मेरा हात,
तर के ती साँच्चै असक्ष्यम थिए ?
आज आँफैलाई नियालेर हेर्दा,
म त एक कठपुतली पो भैरहेकिरहेछु,
जो चल्दै छे आर्कैले चालेको चाल्मा,
अनी भोगिरहिछे सारा दु:ख जुन मेरो भाग्यमै लेखिएको थियो।
Leave a Reply
You must be logged in to post a comment.