यो कालो रात फेरि लिएर आयो तिम्रो याद
यि चम्किरहेका ताराहरू
लाग्छ म जस्तै बेसाहारा छन्
यि शितल पवनहरू
अनि झ्याउकिरीका ति तिखा आवाजहरू
लाग्छ सबैले लिएर आएका छन् तिम्रा सन्देशहरू
जति जति रात बित्दै छ
उति उति तिम्रा यादहरूले सताइरहेछ
ति काहाली लाग्दा रातमा
तिम्रो त्यो मधुर आवाजमा रम्थयो यो मन
तर आज ति आवाज बिलिन भएका छन्
कहाँ छौ तिमी कहाँ हरायौ तिमी
यो घर र यो मन दुबै रित्तो बनाएर
तिमीले लिएर गएको मुट
फर्किएर कहिल्यै आएन
न त तिमी नै आयौ
तिम्रो यादमा हरेक रात
भिजेका छन् यि सिरानी
तिमी सगैँ गएका खुशिहरू
फर्किएर कहिल्यै आएनन्
न त तिमी नै आयौ
तिम्रा यादमा बगेका आँसुका भेल
कहिल्यै रोकिएनन्
तिमी सगैँ गएका मेरा मुस्कानहरू
फर्किएर कहिल्यै आएनन्
न त तिमी नै आयौ
रातदिन तिम्रै आगमनको पर्खाईमा
कुन बेला कालले टप्प टिपेर लग्यो होसै भएन
आफ्नो देहबाट चुडिएर गएको त्यो प्राण
न त तिमी नै आयौ
न त तिमी नै आयौ |
Leave a Reply
You must be logged in to post a comment.