बिहान सबैरे घाम भन्दा पहिला उधाउछु, सर सफाइ गर्छु पसल को ओरि परि र धुप को मिठो बासाना र प्राथना ले भगवान लाई लोब्यौन खोज्छु र आस गर्छु आज चै मज्जाले ब्यापार होस मेरो पसल मा म पसले ।
मान्छे हरु आउछन जान्छन मेरो पसल मा,
कोही सामान लान्छन त कोही लादैनन् मेरो पसल बाट,
कोही आउछन उद्धारो माग्न, त कोही आउछन सामान सात्न,
ह्या पसले दाई मिलेन नि यो लुगा त ।
एक हुल आउछन मान्छे हरु तर सामान लाने केबल एक जाना , अनि अरु हरु भन्छन बाब्बा कस्तो भिड नि यो पसले को पसल मा ।
सित्तैमै सामान ल्याएर बेचे जस्तो गर्छन्,
सामान को भाउ भन्दा खेरी भूत नै देखे झै तर्सिन्छन ।
टाढा टाढा गएर सामान हरु ल्याउछु,
आफ्नो पसल लाई सामान ले नै रङी चङी बनाउछु,
बेहुली जस्तो मेरो पसल्, सोर्ह श्रिङ्गगार ले सजाउछु, सामान हरु बेच्छु र तेसैले नै अघौछु ।
कस्तो महँगो नि यो पसले को पसल ।
दलाल चै दरो गर्छन्, सामान लिन्छन्,
सामान चै राम्रो लिन्छन तर पैसा चै कन्जूस गरी दिन्छन्,
कहिले माला माल हुन्छु त कहिले कँगाल,
एस पाली लाखौं कमौला भन्दै बित्छ हर साल ।
दिन भर पसल मा ग्रहक हरु लाई सामान बेच्दै बित्छ,
Vodka चाहिदैन आफु लाई राती लोकेल नै ठीक छ ।
एक ग्लास लोकेल भित्र जादा तेन्सन हल्का घत्छ,
दिन भरी को थकान एक्छिन मै हत्छ ।
सामान त सस्तो नै बेचछु म, नाफा नि धेरै लिदिन,
काम गर्छु म असल ले,
तर नि सबै जना भन्छन, थगेउ हैन त हाम्लाई पसले ।
Photo credit: Rabin Shakya
Great poem. Photo as poem is asking doesn’t match. Good going Binesh.