Register
A password will be e-mailed to you.

             

             

      (  भिडमा हराउनु छैन  )

                                -अनिता डाँगी

तिम्रो नामको सहर

सपनाको बाटो हुँदै

पुग्न खोज्नेहरूको भीडबाट

मेरो अन्तर्धवनी तिमी सुन न

मलाई भिडमा हराउनु छैन।

 

मनै मन भविष्यका दशक अनि

मुत्यु पश्चातका सात जन्म

तिमी हुँदा सम्भव सोच्ने

म एक होईन , अनेक छन्

तर म प्रेम पुजारी

आफ्नो साधना विशेष भ्रमले भन्दै छु

तिमी सुन न

मलाई भिडमा हराउनु छैन ।

 

मुस्किलले मौकामा मिल्ने मिनेटहरु

म मेरो मन बहलाउन

तिमी बाट नजर नहटाऊ भन्छु

तिलिचोको उचाई जत्तिकै गहिराई बोकेका

तिम्रा नयनको सतह सम्म डुब्ने

मेरो ईच्छा तिमी सुन न

मलाई भिडमा हराउनु छैन।

 

मैले जबजब तिमीलाई आफ्नो समिप पाएको छु

तबतब खुसीहरू नजिक पाएको छु

अनि नियन्त्रण छैन मेरा औँलाहरुलाई

यि तिम्रो तस्विरमा पनि त्यसरी नै सलबलाउ छन्

जसरी म तिमीलाई संयोगले स्पर्श गर्छु

बजारमा तिम्रो नाममा साहित्य पनि लिलाम छ

त्यस्तै छरपष्ट मेरा भावनालाई

म अति जतनले तिमीलाई सुम्पिदैँ छु

तिमी सुन न

मलाई भिडमा हराउनु छैन ।

 

मेरो बाचा यो

तिमी संग सबै रहदा म नरहुँला

तर कोही नरहँदा, म रहनेछु

तिम्रो अमूल्य समय बरु नदेउ मलाई

मैले त हरेक पल तिम्रो नाम लिएको छु

अनि यस्तो होइन कोही तिमीलाई नसम्झी बस्छ

तिमीलाई चाहनेहरु त हर शहरमा पाएको छु

तिमी त्यो खुसि हौ ,जसलाइ पाउने ईच्छा हरकोही राख्छ

अनि तिमी त्यो सपना हौ,

जसको लागि कोही रातको प्रतिक्षा गर्छ

तिमी अनि म बिचको दुरीमा

कोही थपिँदै जाओस्

यस्तो चाहाना छैन

मेरो बिन्ती ,तिमी सुन न

मलाई भिडमा हराउनु छैन ।

Facebook :

https://www.facebook.com/anita.dangi.71619

Instagram :
a. anitadangi

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X