हाम्री छोरी ठुली भई हलक्क बढेको, अनि रैछन् केटा बि.ए. पढेको भन्दै हात मुसार्दै बा आमालाई फकाउनेहरुको ताम बढेका बेला एकलाई त बा ले भनेछन्, “कुचोले गर्ने काम हावाले गरेका बेला हामी राजि छौँ ।”म जब घर पुगेँ, पाहुना देखेर मलाई था भो अनुहारहरु फरक तर विषय उही । अनि म भुइँतिर हेर्दै भन्दैछु, आमा यो उमेर त पढ्ने हो नी, मलाई अझै पढ्नु छ, कुनै केटा चाहिन्न बा, बिहे पछि भने जस्तै पढ्न पाइन्न ।
मेरा बा, आमा दुवै मोन तर उत्तर आयो, अर्कोबाट, “हाम्रो छोरा पनि त पढ्दै छ, मनको कुरा बुझौला, पढाई पुरा गरेपछि जागिर नि खोजौँला । अहिले जीवन तिम्रो स्वतन्त्र छ, जताततै माग हुन्छ । भने जस्तो भोली काँ हुन्छ । ” सँगसँगै आएका छिमेकी पनि नबोलि बस्न सकेन, “तिम्रा आमा बा तिम्रै भलो चिताउँछन्, यस्तो केटा उम्केपछि भोलि कहाँ पाउँछौँ ?”
बाले भने, “बिहे पछिको चिन्ता हटाउ, कुलघरानाबाट आएको छ कुरा किन जिद्दी गरेको ? समाज यस्तो त्यस्तो भन्नुपर्दैन । तिम्रै लागि दाइजोपात जम्मा गरेका /” यस्तै भावनात्मक कुराहरुमा भएको मेरो विहे । मलाई अर्झ याद छ भनेको मेरा बा लाई, ” रँगिन टि.भी. र मोटरसाइकल सामान्य हो हजुर, कान्छो छोरो कुलको इज्जत राख्नुस हजुर ।”
सम्पत्तिको गणना भो पहिलो सुहाग रातमा, त्यो पिर बेदना त छन् मेरै साथमा । केहि महिना नै नभई कुरा यहाँ सम्म पुग्यो कि मेरो उहाँलाई भनिदै थियो, पल्लो घरको भन्दा यसको दाइजो थोरै भो । अर्कै केटी विहे गर बाबु उच्च घरानाको ।
म सुन्यतालाई साथी बनाई एकान्तमा आफैलाई सोधिरहन्छु आखिर मैले के भुल गरेँ ? हिजोका ती सम्झौता पढ्न भनी गरेको, केहि हप्तामै व्यवहार किन फरक पारेको ? मनको कुरा बुझौँला भनेका थिए उहाँले, अहिले भन्छन् तिमीले पढ्न गएको आमालाई मन पर्दैन घर धन्दैमा बस तिमी पढ्रन पदैँन । चित्त बुझाउ म कसरी ? अब यो बेसरी दुखेको मनबाट ओठको शब्दभन्दा पनि आँखाबाट निशब्द आँशु खस्ने गरेका छन् ।
Leave a Reply
You must be logged in to post a comment.